अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंचद्वारा पत्रकार नवीन केसीलाई आर्थिक सहयोग

हरि कुँवर 
काठमाडौं । अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच (Iaco) द्वारा  पत्रकार नवीन केसी लाई पन्ध्र हजार काठमाडौंमा आर्थिक सयोग हस्तान्तरण गरेको छ । 
मालारानी एफएम का स्टेसन म्यानेजर तथा  विभिन्न मिडियाका संवाददाता समेत रहेका नवीन केसी को निमोनिया रोगका कारण गम्भिर स्वास्थ्य अवस्था  भई बुटवल मा कुनै सुधार नभएपछि गत शुक्रबार  काठमाडौंको हेम्स अस्पतालमा लगिएको थियो । आइ सि यु मा राखेर उपचार गरेपछि स्वास्थमा सुधार देखिएको हो ।  अहिले उपचार गराइरहे को थप एकहप्ता लाग्ने नवीन कि श्रीमती कोपिला आचार्य ले बताएकी छ्न।
विभिन्न देशमा  रहने अर्घाखाँची बासीको साझा संस्था को रुपमा सन २०१२ मा स्थापना भएको संस्था अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मंच  ( Iaco) ले जिल्लामा सामाजिक कार्य गर्दै आएको छ । 
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मंच  ( Iaco) ले पत्रकार नवीन केसी को शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।