अर्घाखाँचीमा कांग्रेसका भातृ संघ-संगठनहरुको बिरोधसभा सम्पन्न । काङ्ग्रेस चुनाबबाट डराएर नभई विधि र पद्धतिको लागि सडकमा: नेता मुस्कान

केशबराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली काङ्ग्रेस अर्घाखाँचीका सभापती बिष्णु प्रसाद खनाल मुस्कानले नेपाली काङ्ग्रेस चुनाबमा जान नडराएको स्पष्ट पारेका छन् ।
आज काङ्ग्रेसका भात्री संघसंगठनहरुको आयोजनामा अर्घाखाँची जिल्लाको सन्धिखर्कमा भएको बिरोधसभामा उनले येस्तो भनेका हुन । सभामा प्रमुख अथितिको रुपमा बोल्दै उनले प्रधानमन्त्री ओलिले निरंकुशताको सिमा नाघेको भन्दै अब काङ्ग्रेसले नछोड्ने चेतावनी दिए ।  उनले सरकारले संविधानको मर्म बिपरित गरिएको संसद विघटनको घोर बिरोध गरे ।
बिधि सम्मत तरिकाले गरिने चुनाबमा काङ्ग्रेस कहिल्यै पछी नहट्ने बताउदै नेता खनालले संविधानको अस्तित्व नै खतरामा पार्ने गरि गरिएको घोषणा स्विकार्य नहुने बताए । उनले बझाङमा तरुण दलका नेताको हत्यारालाइ कारबाहीको दायरामा ल्याउन सरकार संग जोडदार माग गरे ।
यस्तै सभालाइ सम्बोधन गर्दै तरुण दल अर्घाखाँची  जिल्ला अध्यक्ष नारायण खड्काले के पि ओलि  सरकारले अब चरम सिमा नाघेको भन्दै संविधान र लोकतान्त्रको लागि अघि बड्न सबैलाइ अपिल गरे । उनले तरुण दलका नेताको हत्याको  तुरुन्त न्याय दिलाउन सरकारलाइ माग गरे । हत्याको घोर बिरोध गर्दै उनले न्यायको पक्षमा अब अर्घाखाँचीका तरुण साथिहरु मसाल बोकेर जहाँसुकै पुग्न सक्ने चेतावनी दिए ।
सन्धिखर्कको शान्ती बगैंचामा गरिएको उक्त सभामा नेपाली काङ्ग्रेसका भातृ संघसंगठन नेपाल तरुण दल , नेपाल महिला संघ , नेपाल मुस्लिम संघ , नेपाल जनजाती संघ , नेपाल विद्यार्थी संघहरुको आयोजना र अगुवाइ  रहेको थियो भने सम्पुर्ण भातृ संघ सङगठनका प्रतिनिधिहरुले बिरोध मन्तब्य राखेका थिए ।सभाको सभपतित्व काङ्ग्रेस जिल्ला सभापती बिष्णु खनाल मुस्कानले गरेका थिए ।
नेपाली काङ्ग्रेसले संसद विघटनको बिरुद्दमा दोस्रो चरणको आन्दोलन सुरु गरेको छ । त्यसै अन्तरगत काङ्ग्रेसका भातृ संघसंगठनहरुका आयोजनामा देशभर बिरोधसभा गरिएको हो ।