अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न. ६ हंसपुरमा श्री अन्नपूर्ण कृषक सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरूकाे सामूहिक दुर्घट्ना बीमा भएको छ ।
हंसपुरमा गत साधारण सभाको निर्णयानुसार श्री अन्नपूर्ण कृषक सहकारी संस्था लिमिटेडमा आवद्द ३८४ जना शेयर सदस्यहरूकाे सामूहिक दुर्घट्ना बीमा भएको हो ।
शेयर सदस्यहरूको प्रतिव्यक्ति रु. १००,०००।- अक्षरेपि एक लाख बिमाङ्ककाे एक वर्षे सामूहिक दुर्घटना बीमा गरिएकाे छ र सगरमाथा इन्स्योरेन्स कं. लि., अर्घाखाँची शाखाका कर्मचारी रन्जित परियारले बीमाकाे पाेलिसी सहकारी संस्थालाई हस्तान्तरण गर्नुभएको छ ।