खन, अर्घाखाँची । नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले प्रचन्ड र माधव नेपालले फागुन देखि पार्टीमा बखेडा झिकेकाे आराेप लगाउनुभयाे ।
नेकपा मालारानी गाउँपालिकाका विभिन्न वार्डमा भएका अगुवा कार्यकतालाई साेमवार सम्बाेधन गर्दे नेता खड्काले केपि शर्मा वलिले मृगौला प्रत्यारोपण सफल भएपछि प्रचण्ड र माधवलाई असह्य भएकाे भन्दै विभिन्न बाहाना बनाई सरकारलाई असफल बनाउने बाहेक उहाहरूले केही नगरेकाे टिप्पणी गर्नुभयाे ।
खड्काले पार्टी एकता गर्दा केन्द्रीय सदस्य आफु अल्पमत परि थपि दिने,सरकारमा प्रचण्ड नेपालले सिफारिस मन्त्री तथा राजदुत नियुक्ति गरिदिने प्रधानमन्त्री केपिवलिले पार्टीको निर्णय के मानेन भनी प्रति प्रश्न गर्नुभयाे ।
प्रचण्डले माेहन बैध,बाबुराम भट्टराई,नेत्र विक्रम चन्द लखटेकाे स्मरण गर्दै उहाँ आफन्त र आजिवन अवसर पाउने केही नेता बाहेक उहाँ सग अरू काेहि नरहने जिकिर रहनुभयाे ।
अर्घाखाँची जिल्लामा विकासकाे कमि नहुने स्मरण गर्दै ५ वर्षमा अपुरा रहेका विकास निर्माण पूरा गर्न जिल्लाकाे सघ,प्रदेश,स्थानीय तहमा आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय गराउने गरि अगाडि बढ्न अगुवा कार्यकतालाई निर्देशन दिनुभयाे ।
नेकपा केन्द्रीय सदस्य लुम्बिनी प्रदेश सदस्य चेतनारायण आर्चाय प्रचन्ड माधव नेपालका कारण पार्टी विभाजन भएकाे बताउनुभयाे । पार्टी अध्यक्ष केपि शर्मावलिले चुच्चे नक्सा जारी गरेपछि प्रचण्ड र माधवले पार्टीमा खिचलाे निकालि फुट सम्म पुराएकाे आराेप लगाउनुभयाे।
केन्द्रमा विभाजन भएपनि जिल्लामा पार्टी एकढिक्का रहेकाे भन्दै विचलित नभई अगाडि बढ्न कार्यकतालाई निर्देशन दिनुभयाे ।
जिल्लामा ८० प्रतिसत जनता अाफनाे पक्षमा रहेकाे भन्दै सघ,प्रदेश स्थानिय निकायमा कम्युनिस्ट काे जितकाे झन्डा गाड्ने दावि गर्नुभयाे । जिल्लाका विकास निर्माणमा भईरहेकाे चर्चा गर्दै सञ्चालनमा रहेका याेजना पुरा गर्ने बताउदै चुनावका बेला जनता सग गरेका बाचा पुरा गर्ने प्रतिवद्वता जाहेर गर्नुभयाे ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य नरेन्द्र क्षेत्रिले जिल्ला कार्यलय सदस्य जनार्दन,खनाल,मालारानी गाउपालिका सहइन्चार्ज तिलक मिश्र,नेकपा मालारानि गाउपालिका अध्यक्ष सालिकराम आर्चाय,मालारानि गाउकमिटि सदस्य विष्णुप्रसाद प्राेखरेल,जिल्ला सल्लाकार गगाराम खनालले मन्तव्य राख्दै मालारानी गाउँपालिकालाई नेकपाकाे आधार क्षेत्रबाट आसन्न निर्वाचनमा लालकिल्लाकाे रूपमा परिचित बनाउने दावि गर्नुभयाे ।
नेकपा मालारानी गाउपालिका वाडनम्वर ३ र ४ का छुट्टाछुट्टै भेलामा अगुवा कार्यकताहरूकाे उपस्थिति रहेकाे थियाे ।
वाड नम्बरको ३ काे कार्यक्रमकाे विरबहादुर केसि अध्यक्षता,डण्डपानि प्राेखरेलकाे स्वागत मन्तव्य,र गुणनिधि प्राेखेरलकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । यस्तै वाडनम्वर ४ मा खिमानन्द खनालकाे अध्यक्षता,सरस्वती खनालकाे स्वागत मन्तव्य र बलराम भुसालकाे सञ्चालन कार्यक्रम सम्पन्न भएकाे जनाईएकाे छ ।