अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं- ६ नरपानीमा नेकपा मसाल निकट अखिल नेपाल युवक संघ नरपानीको भेला सम्पन्न भएको छ ।
भेलाले पुर्ण बहादुर बि. सि. को अध्यक्षतामा २५ सदस्यीय समिती गठन गरेको छ । साथै नव गठित समितिमा उपाध्यक्ष लक्ष्मण के.सी. सचिब बिनोद के.सी. सह सचिब दिपक थापा कोषाध्यक्ष प्रेम पौडेल सदस्यहरुमा सन्तोष रायमाझी, राजु भाट, सुर्य अधिकारी ,सुरज खत्री, गोबिन्द पुरी, लेक बहादुर पुरी, शिभ पान्डे ,कमल पान्डे ,तारा भाट ,सागर बुढाथोकी ,सन्जय के.सी., शुभ बुढाथोकी, अमृत चुदाली ,खिम बहादुर चुदाली , भुपेन्द्र चुदाली र चन्द्र पान्डे रहेका छन । भने बैकल्पिक सदस्यमा चार जना रहेका छन ।
प्रेम पौडेलले सन्चालन गरेको उक्त भेलाको प्रमुख अथितीमा अखिल नेपाल युबक संघका जिल्ला कोषाध्यक्ष वसन्त खड्का सहभागी रहेको थियो। भेलामा बोल्दै प्रमुख अथिती खड्काले सचेत युवाहरू एकजुट जुट भएर अखिल नेपाल युबक संघ को झण्डा मुनि गोलबद्द हुन अपिल गर्नु भएको थियो।
भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के.सी.ले अब अखिल नेपाल युवकसँघका युवाहरुमा देशलाई बचाउने थप जिम्मेवारी काधमा थपिएको बताउनु भयो ।
अखिल नेपाल ट्रेड युनियन का केन्द्रिय उपाध्यक्ष गोबिन्द बि. सि. लगायतको आथित्यता रहेको थियो ।भुपाल बिसिको अध्यक्षता प्रेम पौडेलको संचालन स्वागत मन्तब्य पुर्ण बि. बिसीले गर्नु भएको थियो ।