अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले शिक्षाको कारण हुने वसाईसराईलाई रोक्ने प्रयास गरेको छ।
ग्रामिण भेगमा वसोवास गर्ने अधिकांश व्यक्तिहरु आफ्नो वालवच्चाको अध्ययनको लागि भन्दै वजार क्षेत्रमा जाने क्रम वढिरहेको भन्दै यसलाई रोक्ने प्रयास स्वरुप प्रत्येक वडामा कम्तीमा १ विद्यालयमा अङ्ग्रेजी माध्यमवाट अध्यापन कार्य सुरु गरेको छ । “अङ्ग्रेजी माध्यमका विद्यालय प्रति अभिभावकको आकर्षण वढिरहेको छ ।यसलाई समयमै व्यवस्थापन गर्न नसकेमा गाउँमा स्थापित विद्यालयको औचित्य संकटमा पर्ने र शिक्षाका नाममा वसाईसराई गरी जानेको कारण गाउँहरु रित्तीने हुन्छ । त्यसैले हामीले प्रत्येक वडामा थप शिक्षकको व्यवस्था गरी शिशु कक्षा र एक कक्षा विचको अन्तरलाई पुरा गर्न थप कक्षाको व्यवस्था गरेका छौँ यसको लागी गाउँपालिकाले विद्यालयलाई शिक्षक व्यवस्थापनको लागी अनुदान सहयोग गर्दै आएका छौँ ” । गाउँपालिका अध्यक्ष अच्युत गौतमको भनाई ।
गाउँपालिका भित्र सञ्चालित विद्यालयमा यस अघि देखीनै अंग्रेजी माध्यमवाट कक्षा १ देखी कक्षा ५ सम्म अंग्रेजी माध्यमवाट अध्ययापन कार्य सुरु भएतापनि विद्यार्थीको स्तर अनुरुप कक्षा १मा अध्ययन गर्न विद्यार्थीलाई समस्या सिर्जना भएको महशुस भएर नमूनाको लागी केही विद्यालयमा थप कक्षाको व्यवस्थापन गरि अंग्रेजी माध्यमको पढाई सुरुगरेको र यसले पढाउने वहानामा गाउ छाडने दरलाई रोक्न् सहयोग पुग्ने उनको भनाई रहेको छ । उनका अनुसार उच्च शिक्षा अध्ययनको लागि वाहिर जाने परिपाटिलाई अन्त्य गर्न र आफ्नै घरवाट विद्यार्थीले उच्च शिक्षा अध्यनको अवसर प्राप्त गरुन भन्ने हेतुले कक्षा ११ १२ सञ्चालित दरवन्दी कम भएका विद्यालयलाई शिक्षक व्यवस्थापनको लागि प्रति विद्यालय रु ३ लाखका दरले वार्षिक रुपमा अनुदान सहयोग दिदै आएको छ।
शिक्षकको उत्प्रेरणाको लागि शिक्षा दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट शिक्षक कर्मचारी हरुलाई सम्मान गर्ने गरेको मात्र होइन यस वर्ष देखी शिक्षक कर्मचारी कल्याणकारी कोषको स्थापना गरी उमेर हदका कारण रित्तै हात फर्कनु पर्ने शिक्षक कर्मचारीका लागि आर्थिक सहायता गर्ने र विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई गम्भिर प्रकृतिका रोग लागेमा र दुर्घटना भएमा औषधी उपचारको लागी आर्थिक सहयोग गर्ने भएको छ । यसको लागि आवस्यक छलफल भइरहेको उनले वताए । विद्यालमा कार्यरत सम्पुर्ण शिक्षक कर्मचारी हरुको लागि यस वर्ष झोला सहित डायरी उपलव्ध गराउने भएको छ ।
त्यस्तै गाउँपलिकाले अत्यन्तै न्यून तलव वेतनमा विद्यालयमा कार्यरत वालविकास सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको लागी मासिक १२ सय थप तलव सुवधि प्रदान गर्ने निर्णय गरेको पालिका उपाध्यक्ष लक्ष्मी गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार माघ एक गते देखी लागुहुने गरी उक्त निर्णय गरिएको छ ।
देविप्रभाव माध्यमिक विद्यालयका प्रधानाध्यापक हरी प्रसाद घिमिरेका अनुसार पालिकाको आर्थिक अनुदान सहयोगमा सञ्चालित कक्षाको कारण विद्यालयमा विद्यार्थीको भर्नादरमा वृद्धी भएको छ । उहाँ भन्नुहुन्छ ” हामीले वालविकासको कक्षा पछि थप एक कक्षाको अध्ययन पश्चात मात्र विद्यार्थीलाई कक्षा १ मा भर्ना गर्छौ । यसले कक्षा १ अध्ययनकोलागी आवश्यक पर्ने पूर्व ज्ञानको विकास गराएको छ र यस अघिका वर्षमा भन्दा यस वर्ष शिशु कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्यामा समेत वृदि भएको छ ।”