पाणिनी गाउँपालिकाको दशौं गाउँ सभा सम्पन्न, विभिन्न प्रस्ताव पारित

डिआरजी सुमन 
पाणिनी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम/व्युरो) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दशौं गाउँसभा २०७७ पौष २८ गते सुरु भई विभिन्न प्रस्ताव पारितसंगै आज सम्पन्न भएको छ । 
गाउँसभाले कार्यपालिकाबाट स्वीकृत भएका केही कार्यविधिहरु अनुमोदन , वडा स्तरीय योजनाहरुमा संसोधन, गाउँ कार्यपालिकाको कार्यालयको प्रशासनिक भवन र १५ शैया अस्पताल निर्माणको प्रकृया सुचारुका लागि रकम विनियोजन , कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रमबाट रकमान्तर गरी अधुरा योजनाहरुमा रकम विनियोजन गर्ने निर्णय गरेको छ । 
त्यस्तै गाउँ सभाले शिक्षक कर्मचारी कल्याणकारी कोषको स्थापना र बाल शिक्षक तथा विद्यालय सहयोगी कर्मचारीको प्रोत्साहनरकममा वृद्धिको निर्णय गरेको छ । यस सभामा बजेट समायोजन सम्शोधन प्रस्ताब,केहि योजना सम्सोधन प्रस्ताब केहि कानुनीबिधयेक पास भएका छन । 
बाल शिक्षक तथा बिध्यालयका कास हरुलाइ मासिक थप रु १२०० दिने लगायतका महत्वपूर्ण निर्णय निर्णय सहित सभा सम्पन्न भएको  छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु