अर्घाखाँचीडट्कम संवाददाता
काठमाण्डौ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यको पित्त थैलिमा स्टोनको अप्रेसन भएको छ ।
लामो समय देखी पित्त थैलिमा स्टोनको समस्या भई काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यको मंगलवार सफल अप्रेसन भएको हो ।
यस अगाडि आचार्यको लामो समयदेखि पित्त थैलिमा स्टोनको समस्या भई अप्रेसन गर्ने प्रयास गर्दा सफल भएको थिएन् ।
आचार्य चैत्र महिनादेखि लकडाउनका कारण सिमामा अलपत्र परेका जिल्लाबासीलाई ल्याउन रातदिन खटेका थिए ।