अर्घाखाँचीका रिजालद्धारा सुर्य पुर्वबाट उदाउन्छ भन्ने सिद्वान्त नै गलत भएको दावी


अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको आमडाँडामा कमल कुमार रिजालले सुर्य पुर्वबाट उदाउन्छ  भन्ने सिद्वान्त नै गलत भएको दावी गरेका छन् ।
वाङ्लाको आमडाँडामा कमल कुमार रिजालले सुर्य पुर्वबाट उदाउन्छ  भन्ने सिद्वान्त नै गलत भएको र  १२ वर्ष सम्मको  लामो अनुसन्धानबाट सुर्य चारै दिशाबाट उदाउने दावी गरेका हुन् । जुन विश्वलाई चकित पार्दै नयाँ सिद्धान्त प्रतिपादन  गरेका हुन् ।
अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार रिजालले प्रतिपादित गरेको सिद्धान्त (विश्वव्यापी सत्य) सुर्य पुर्वबाट उदाउन्छ  भन्ने सिद्वान्त नै गलत भएको र  १२ वर्ष सम्मको  लामो अनुसन्धानबाट सुर्य चारै दिशाबाट उदाउने दावी गर्दै unique discovery in the universe नामक किताब प्रकाशित गरेका छन् ।
उक्त पुस्तक सन्धिखर्क नगरपालिका वार्ड नं.-४  वाङ्लाले गरेको एक कार्यक्रममा रिजालले  नगर प्रमुख कमल प्रसाद भुसालाई हस्तान्तरण गरेका थिए ।