अर्घाखाँचीडट्कम संवाददाता
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं-६ जुकेना र वार्ड नं-६ जलुकेमा राष्ट्रिय जनमोर्चाको संसद विघटनको विरुद्धमा बिरोधसभा सम्पन्न भएको छ।
जुकेना र जलुकेमा राष्ट्रिय जनमोर्चाको केपी ओलीले गरेको संसद विघटनको विरुद्धमा बुधवार बिरोधसभा सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो पुर्ब केन्द्रिय सदस्य शेर बहादुर बिसी, राजमो लुम्बिनी प्रदेस सदस्य जिल्ला सचिब बाबुराम पन्थी सुनार, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, राजमो जिल्ला सदस्य गोबिन्द थापा, आमन्त्रित नेपाली काङ्ग्रेसका निर्बाचित वार्ड अध्यक्ष सहितले मन्तब्य राखेका थिए ।
संचालन बिष्णु आचार्य चन्द्रबहादुर आलेको अध्यक्षता जोग बहादुर सारुको स्वागत मन्तब्य रहेको थियो ।