अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ४ ठाडाको पोखेडाँडा स्थित बुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक तथा शिक्षक हिमलाल अधिकारीमाथि आज हातपात भएको छ ।
रातो प्रेसमा प्रकासित समाचार अनुसार आज बुधबार साढे एक बजे दिउँसो विद्यालयको समयमा १ नं. विशेष नापि तथा स्थानिय बुद्धिजिवीद्वारा विद्यालयको नाप नक्सा लिने गर्ने क्रममा जग्गाका विषयमा शिक्षक अधिकारीमाथि हातपात तथा गालीगलौज भएको हो ।
विद्यालय हाताभित्र सोही वडाका ७३ वर्षिय नारायण प्रसाद बेल्बासेले हातपात गर्नुका साथै गालीगलौज गरेको प्रधानाध्यापक अधिकारीले रातो प्रेस डटकमलाई बताए ।
विद्यालय हाताभित्र पसि कार्यालय समयमा शिक्षकमाथि हातपात भएको भन्दै विद्यालयले ईलाका प्रहरी चौकी ठाडामा निवेदन दर्ता गरी उक्त निन्दनीय कार्य गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै पिडितलाई न्याय दिन माग गरेको छ ।
विद्यालय समयमा परिसरभित्रै हातपात गरेकाले सार्वजनिक स्थलमा शिक्षकमाथि हातपात गर्नेलाई कार्बाहीको माग गरिएको हो ।