अर्घाखाँचीडट्कम संवाददाता
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानमा राष्ट्रिय जनमोर्चा संगठन अभियान अन्तरगत प्रशिक्षण, सदस्यता बितरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
मैदानमा राष्ट्रिय जनमोर्चा संगठन अभियान अन्तरगत प्रशिक्षण, सदस्यता बितरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २ दर्जन कार्यकर्ता नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राजमो पालिका ईन्चार्ज गोबिन्द बिसी, सह ईन्चार्ज कल्पना पोख्रेल लगायतले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको संचालन गोपाल बेल्बासे वार्ड नं ५ का राजमो वडाअध्यक्ष मिनराज भट्टराईको अध्यक्षता स्वागत मन्तव्य मिना कोईरालाको रहेको थियो ।
कार्यक्रम पाणिनी गाउँपालिकाको मैदानमा सम्पन्न भएको हो ।