डिआरजी सुमन
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम/व्युरो रिपोर्ट) । नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हकअन्तर्गत धारा ३३ मा रोजगारीको हकको व्यवस्थागरिएको छ । यस हकको व्यवस्था भएअनुशार रोजगारीको हकलाई सुनिश्चित गर्नको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम देशै भर२०७५ साल फागुन १ गते बाट लागु भएको थियो । पाणिनी गाउपालिकामा पनि कार्यक्रम विगत २ बर्ष अघिदेखी कार्यान्वयन भईरहेकोछ। यस कार्यक्रम लागु भएसगै आ.व. २०७५/७६ बेरोजगारमा दर्ता भएकाहरुमध्यबाट जम्मा १३५ जना व्याक्तिहरुले रोजगारी प्राप्तगरेका थिए भने २०७६/७७ मा २८३ जना व्यक्तिहरुले रोजगारी प्राप्त गरेका थिए । आ.व. २०७७/७८ मा यस कार्यक्रमले ३२४ जनाबेरोजगार व्याक्तिहरुलाई यथासिघ्र रुपमा १०० दिनको रोजगारी प्रदान गर्न तयारी गरिरहेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको व्यवस्थापन गरिएको छ । उक्त रोजगार सेवाकेन्द्रको प्रमुखका रुपमा रोजगार संयोजकले काम गरिरहेको हुन्छन । यस कार्यक्रमको सम्पुर्ण क्रियाकलापहरुको संयोजनको जिम्मारोजगार संयोजकले गरिरहेको हुन्छन । मन्त्रालय र स्थानीय तहको पुलको रुपमा रोजगार संयोजकको भूमिका रहेको हुन्छ ।
यस कार्यक्रमको प्रमुख उदेश्य अति विपन्न ,बिहान बेलुकाको एक छाक जोहो गर्न नसक्नेहरुको लागि भोकै मर्नु पर्ने अवस्था बाट गुज्रननदिनु हो भने फराकिलो दृष्टिकोणबाट हेर्दा देशलाई बेरोजगार व्यक्ति मुक्त बनाउनु हो। यस कार्यक्रमले बेरोजगार ब्याक्तिहरु ररोजगारदातको लागी पुलको रुपमा कार्य गर्दै तथा अन्य विभिन्न रोगारीका अवसरहरुको सिर्जना गर्दै रोजगार वा विभिन्न तालिम मार्फतस्वरोजगार सिर्जना गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ ।
यस कार्यक्रमले खास गरी वडा स्तरीय विभिन्न आयोजनाहरुमा बेरोजगार व्यक्तिहरुलाई परिचालन गरि विकास निर्माणका कामहरुलगायत रोजगारीको सिर्जना गराएको छ । यसका साथसाथै यस कार्यक्रमका लक्षित वर्गहरुलाई मध्य नजर गर्दै कोभिड १९ कोकारणले रोजगारी गुमाएका र अन्य व्याक्तिहरुलाई सिपमुलक तालिम प्रदान गर्न लघु घरेलु तथा साना उद्धोग प्रवर्द्दन केन्द्र मार्फत ६०प्रकारका सिपमुलक तालिम सञ्चालन हुदै छन । प्रदेश सरकारले मागमा आधारीत तालिम सञ्चालन गर्दै छ । लघु, घरेलु तथा सानाउद्दोग प्रवर्द्दन केन्द्र मार्फत सञ्चालन हुन गईरहेको सिपमुलक तालिम कार्यक्रमको लागि आवेदन फारमको म्याद २०७७ माघ २५ गतेसम्म रहेको वताउनु हुदै www.mcsipc.gov.np मा गएर फ्री अनलाईन आवेदन फारम भर्न पाणिनी गाँउ पालिका रोज़गार संयोजकवेल्वासेले सम्बन्धित सवैलाई अनुरोध गर्नु भएको छ ।
बेरोजगार व्यक्तिहरुको छनोटको आधार के छ त भन्ने पत्रकार को जिज्ञासामा सर्वप्रथम बेरोजगार व्यक्तिहरुले बेरोजगारी दर्ताको लागिआफु स्थाई बसोबास गरेको वडा कार्यालयमा गई फाराम भर्नुपर्छ अनि उक्त फारम वडा वाट छानविन भई प्रमाणित गरी यस रोजगारसेवा केन्द्रको कार्यालयमा पठाईन्छ । यस्ता फारमहरु स्थानीय निर्देशन समिती हुदै कार्यपालिका हुदै छानविन गर्दै रोजगार सेवा केन्द्रलेEMIS मा अनलाईन दर्ता गर्दछ । वेरोजगारले फारममा भरेको विवरणका आधारमा System ले प्रथामिकताकरण निर्धारण गर्दछ र उक्तप्रथामिकताकरणका आधारमा बेरोजगार व्यक्तिहरुलाई वडा स्तरिय आयोजनाहरुमा रोजगारीमा खटाईन्छ।
पाणिनि गाउपालिकामा आ.व. २०७७/७८ मा यस कार्यक्रम बाट वडा स्तरीय आयोजना मार्फत मात्रै ३२४ जना अति विपन्न बेरोजगारव्याक्तिहरु लाभांवित हुने गरी तयारी भईरहेको छ । अन्य तालिम मार्फत लाभांवित हुनेहरुको संख्या ३००देखी ४०० हुने देखिन्छ ।
स्थानिय तहले यस कार्यक्रमलाई साघुरीएको घेरा भित्र सिमित गर्दै समन्वयन,सहकार्य गरिरहेको छ । यस गाउपालिकाबाट म्याचिङ तर्फ१५,५५,०००/- रुपैया रकम छुट्याई यस कार्यक्रमका आयोजनाहरुलाई राम्रा र दिर्घकालिन गर्दै धेरै संख्यामा रोजगार दिनको लागिगाउपालिका तत्पर रहेको छ । यसका साथै अन्य आवश्यक सहयोगहरु गरिरहेको छ । यस कार्यक्रमलाई स्थानिय तहले आफ्नै कार्यक्रमसम्झीएर अझ बढी चासो देखाई यस कार्यक्रमलाई प्राथामिकतामा राखी अगाडी बढ्नुपर्ने आवश्यक देखिन्छ।
यस कार्यक्रमले बेरोजगार व्याक्तिहरुलाई कम्तिमा १०० दिनको रोजगारी दिने र ५० दिनको सिपमुलक तालिम दिने तयारी गरेको छ ।यसका साथसाथै सिपमुलक तालिम मार्फत सबै व्यक्तिहरुलाई स्वरोजगारमा संलग्न गराउने लक्ष्य लिएको पाणिनी गाँउ पालिकारोजगार संयोजक कासिराज बेल्बासेले अर्घाखाँची डटकम् लाई जानकारी गराउनु भएको छ । तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्।