नुवाकोटको पोखेडाँडामा ओली पक्ष नेकपाको भेला सम्पन्न | राष्ट्रिय स्वाधीनताको लागि ताजा जनादेश: रामजी घिमिरे

शोभाखर पन्थी  
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोटको पोखेडाँडामा ओली पक्ष नेपाल कम्युनिस्ट पार्टी नेकपा वार्ड  कमिटीको आयोजनामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रामजी प्रसाद घिमिरेले गणतन्त्रको संस्थागत बिकास , राष्ट्रिय स्वाधीनता र अग्रगमनको निम्ति ताजा जनादेशको बिकल्प नभएको  बताउनुभयो । 
उहाँले केपी शर्मा  ओली नेतृत्वको वर्तमान सरकारले नेपाली भुमि समेटिएको नक्शा जारी गरेपछि  सरकारका बिरुद्ध षड्यन्त्रको सुरुवात भएको बताउँदै प्रचण्ड माधब समूह बिदेशीको पिछलग्गु भएको आरोप लगाउनु  भयो । 
प्रदेश सभाका सदस्य समेत रहनुभएका उहाँले व्यक्तिगत स्वार्थ र पदलोलुपताका कारण प्रचण्ड माधब समुहले पार्टी फुटाएर गम्भीर गल्ती गरेको बताउनुभयो । उहाँले जनताको साथ नपाए पछि प्रचण्ड माधब समुहले निर्वाचनको बिरोध गरेको बताउनुभयो । आधिकारीक नेकपा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा भएको बताउँदै नेता घिमिरेले सुर्य चुनाव चिन्हमा अँखा नलगाउन  प्रचण्ड माधब समुहलाई चेतावनी समेत  दिनुभयो । 
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सचिव तोजबहादुर रायमाझी ,नगरकमिटीका अध्यक्ष राजेन्द्र आचार्य, सन्धिखर्क नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल , नेकपाका नेताहरू मणि पौडेल ,रेशम थापा,राजकुमार श्रेष्ठ ,झुपलाल खनाल,कल्पना भुसाल ,ईश्वरी जि.सी.,कृष्ण श्रेष्ठ ,कवि सुनार लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रम बलाराम पौडेलको अध्यक्षता र रुद्र खत्रीको  संचालनमा सम्पन्न भएको थियो ।