अर्घाखाँचीमा अपाङ्गता भएका सुनारलाई जिल्ला प्रशासनद्धारा जाडोका कपडा वितरण

बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अपाङ्गता भएका एक जनालाई प्रशासन कार्यालयमै जाडोका न्यानो कपडा हस्ताण्तरण गरेको छ ।
मालारानी गाउँपालिका वडा नं. ६ हंसपुरबाट प्रशासन कार्यालयमा नेपाली नागरिकता बनाउन आएका शारीरिक र बौद्धिक अपांगता भएका दिपक कुमार सुनारलाई न्यानो कपडा हस्ताण्तरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।
उनलाई नेपाली नागरिकताको प्रमाणपत्रको साथमा १ थान ज्याकेट, १ थान स्वोयटर, १ थान ट्राउजर, १ जोर जुत्ता र १ थान ब्ल्याङ्केट प्रदान गरेको प्रशासन कार्यालयले जनाएको छ ।