श्याम घिमिरे
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रतिनिधि सभा विघटन विरुद्ध ‘टोल टोलमा कमिटी, वस्ती वस्तीमा सभा’ अभियान सञ्चालन गरिरहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्क नगरपालीका–२ चुत्राबेसीमा शनिबार संयुक्त भेला सम्पन्न गरेको छ ।
जिवनारायण खनालको अध्यक्षता,शालीकराम बन्जाडेको स्वागत मनतव्य र तुल्सी खनालको सञ्चालनमा सम्पन्न भेलामा राजमो पुर्ब केन्द्रीय सदस्य शेरबहादुर बिसी,राजमो जिल्ला अध्यक्ष थम्मन केसी,नेकपा मसालका प्रबक्ता पशुपति ढकाल,महिला नेतृ राधा भुसाल लगायतले मनतब्य राख्दै यहि माघ ३० गते राजमो अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने जनसभामा व्यापक रुपमा उपस्थीत हुन सबैलाई आग्रह गर्नु भएको हो ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले ‘गणतन्त्र, राष्टियता र धर्मनिरपेक्षको रक्षा गरौं, ओली सरकारको असंवैधानिक कदम , संघीयता र भ्रष्टाचारको विरोध गरौं, प्रतिनिधि सभा पुनस्र्थापना गर’ भन्ने नारासहित एक महिने कार्यक्रम सञ्चालन गरिरहेको छ ।