शुवर्णखालमा माओवादीबाट मारिएका मीन प्र. बेल्बासे र यज्ञ बेल्बासेको नाममा स्मृति पार्क निर्माण

अर्घाखाँचीडट्कम संवाददाता
शुवर्णखाल, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं- १ शुवर्णखालमा स्मृति पार्क निर्माण गरिने भएको छ ।  
चिरञ्जीवी बेल्बासेका अनुसार शुवर्णखालमा सहिद मीन प्रसाद बेल्बासे र यज्ञ प्रसाद बेल्बासेको नाममा स्मृति पार्क निर्माण गरिने भएको हो । अहिले स्मृति पार्क निर्माण कार्य जारी रहेको छ ।    
माओवादीले २०६३ बैशाख १३ गते मीन प्रसाद बेल्बासे र यज्ञ प्रसाद बेल्बासेको हत्या गरेका थिए । मीन गाबिस सचिव र यज्ञ गाबिस अध्यक्ष हुनुहुन्थ्यो । 
स्मृति पार्क निर्माण गर्न बिगत बर्षमा शितगंगा नगरपालिकाबाट बजेट छुट्टाइएको थियो । भने अहिले प्रदेशबाट १० लाख रुपैया आएको छ ।
साथै स्मृति पार्क निर्माण कार्य सम्पन्न गर्न मीनका छोरा हेमन्त बेल्बासे र यज्ञका छोरा झबिन्द्र बेल्बासे खटिएका छन् । 

अन्य समाचारहरु