गणेश खनाल
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्वर ३ बल्कोटमा ओली पक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को वार्ड भेला सम्पन्न भएको छ ।
सो भेलामा नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले प्रचन्ड र माधव नेपालकाे चरम गुटका कारण पार्टी विभाजन हुन पुगेकाे बताउनुभयाे ।
प्रचन्ड र माधव चरम पद लुप्त भएका कारण कम्युनिस्ट अान्दोलन कमजोर भएकाे जिकिर गर्दै जनताका लाेकप्रिय काम गर्दै गएपछि प्रधानमन्त्री वलि पपुलर हुने डरले पार्टी र सरकारमा प्रचण्ड माधवले बखेडा मात्र झिकेर काम गर्न नदिएकाे आरोप लगाउनुभयाे ।
प्रचण्ड प्रधानमन्त्री,माधव नेपाल पार्टी अध्यक्ष र झलनाथ खनाल राष्ट्रपति बन्ने महत्त्वकाक्षले पार्टी विभाजन भएकाे उहाँको भनाइ रहेकाे छ ।
छत्रदेव गाउँपालिका वार्ड नम्वर ३ का अध्यक्ष झविलाल पाण्डेकाे अध्यक्षता, टाेपलाल पाण्डेकाे सञ्चालन र तेजप्रसाद खनालकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला कार्यलय सदस्य पिताम्वर भुसाल,प्रेस सगठन केन्द्रीय सदस्य गणेश खनाल,जिल्ला सचिवालय सदस्य धुव्रकुमार पाण्डे,छत्रदेव गाउँपालिका सचिव भाेजबहादुर रायमाझी,छत्रदेव गाउँपालिका सहइन्चार्ज माधव पन्थी लगाएले मन्तव्य राख्नुभएकाे थियाे ।