गणेश खनाल
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्वर २ बल्कोटमा ओली पक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को वार्ड भेला सम्पन्न भएको छ ।
सो भेलामा नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आर्चायले प्रचण्ड र माधव नेपालले सहमति ताेडेर पार्टी छाडेर गएकाे बताउनुभयाे । दुई अध्यक्ष विच सहमति गरि जनताकाे पक्षमा काम गर्ने पार्टी एकताकाे मर्म भएपनि प्रचण्ड,माधवले प्रधानमन्त्री वलिलाई असफल बनाउन गुटबन्दी गरि प्रधानमन्त्रीलाई घेराबन्दी गरि काम नै गर्न नदिएकाे बताउनुभयाे ।
छत्रदेव गाउँपालिका विभिन्न वाडका अगुवा कार्यकतालाई सम्बाेधन गदै नेता आर्चायले जिल्लाका माननियहरूलाई अर्घाखाँचीवासिले विगतका छलफलमा मुख्य नेतृत्व विभाजन नहुन गरेकाे आग्रहलाई मानेकाे बताउदै अब सबै अगुवा नेताहरू पनि एकजुट भई जिल्लाकाे विकासमा लाग्नु पर्ने बताउनुभयाे ।
जिल्लामा केही ५ प्रतिशत अवसरवादी व्यत्तिहरूका कारण सत प्रतिशत एकता भएकाे सन्देश दिन नसकिएकाे बताउदै ती अवसरवादीहरूलाई गाउँमा प्रवेश नदिन आग्रह गर्नुभयाे ।
नेता आर्चायले उल्लेखनीय विकास गरेकाे चर्चा गर्दै अधुरा विकासनिर्माण २ वर्षमा पूरा गर्ने वाचा गर्नुभयाे ।
छत्रदेव गाउँपालिका वाड नम्वर २ का अध्यक्ष सलिम मियाकाे अध्यक्षता, हसिरदिन मियाकाे सञ्चालन र वाड सचिव बरकत मियाकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सचिव विधान रायमाझी,जिल्ला कार्यलय सदस्य पिताम्वर भुसाल लगाएले मन्तव्य राख्दै अर्घाखाँचीमा पार्टीलाई एकढिक्का राख्दै कम्युनिस्टकाे किल्ला बनाउने बताउनुभयाे ।