अर्घाखाँचीमा अखिल छैठौंद्धारा बैतडीकी भागरथी भट्ट हत्या काण्डको छानबिन गर्न माग गर्दै प्रर्दशन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षिया भागरथी भट्टको हत्याको घटनामाथि गम्भीर छानबिन गर्न माग गर्दै अखिल छैठौं अर्घाखाँचीले आज  प्रर्दशन गरेको छ ।  
सन्धिखर्कमा भागरथी हत्याको घटना निर्मला पन्तको जस्तै हुने त होइन भन्ने आशंका पैदा भएको भन्दै अखिल छैठौंको केन्द्रिय कार्यक्रम अनुसार सरकारको ध्यानाकर्षण स्वरुप बिरोध प्रदर्शन गरेको हो । 
अखिल छैठौं अर्घाखाँचीको आयोजनामा युवाबर्ष जनता रविचित्र मा.वि.को हाताबाट निकालिएको ¥याली सन्धिखर्क शान्तिबंगैचामा पुगेर कोणसभामा परिणत भएको थियो । 
अखिल छैठौंका जिल्ला नेता प्रकाश चुँदालीको संचालनमा सम्पन्न कार्यक्रममा छैठांैका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवरले मन्तव्य राख्दै भागरथी भट्टको घटना निर्मला पन्तको जस्तो नहोस् भन्दै पिडित परिवारलाई तत्काल न्याय दिन सरकारसंग माग गर्नुभएको छ । 
सयौंको सख्यामा ¥यालीमा सहभागी विद्यार्थिहरुले भागरथी भट्टको घटनाको तत्काल छानबिन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने, दोषिलाई कडा कार्बाही गर्नुपर्ने, पिडित परिवारलाई राहत दिनुपर्ने लगायतका माग राख्दै नारा लगाएका थिए ।