अराज बेल्बासे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ठाडामा घरेलु तथा साना उद्याेग कार्यालय अर्घाखाँचीको घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादन भएका बस्तुहरुकाे लेवलिङ्ग तथा गुणस्तर सम्बन्धि १ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथी शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले स्थानिय स्थरमा उत्पादन हुने बस्तुहरुमा गुणस्तर हुँदा समेत बिश्वास गर्ने वातावरण नबनेकाे बताउनु भयाे ।
व्यापारी तथा उद्यागिले उत्पादन गर्ने बस्तु उपभोक्ता सँग र उनिहरुकाे स्वास्थ सँग जाेडिने भएकाेले ब्यतिगतलाभकाे लागि गुणस्तर हिन बस्तु उत्पादन र बिक्री गर्न नहुने बताउनु भयाे । नगरपालिकाले समेत अनुगमन समिति बनाएर नियमित अनुगमन गर्ने गरेकाे बताउदै सबै ब्यापारिले आफ्नाे कर्तब्य नभुली स्वच्छ ब्यापार गर्नु पर्ने बताउनु भयाे । स्थानिय उत्पादनमा जाेड दिन नगरपालिकाले समेत विभिन्न अनुदान तथा सहयाेगका कार्यक्रम सञ्चालन गरेकाेले उद्यमि बन्ने गरि याेजना बनाएर आउन सबैलाइ अनुराेध गर्नु भयाे ।
यस्तै बिसिष्ट अतिथि वार्ड नम्बर ४ का अध्यक्ष दामाेदर अधिकारीले बजारमा अनुगमन बढेसँगै म्याद गुज्रिएको बस्तु कम मात्रमा पाइने गरेकाे बताउनु भयाे ।
उपभोक्ता समेत सचेत भएकाेले पनि पहिलेकाे तुलनामा सुधार आएकाे बताउनु भयाे । घरेलु तथा साना उद्याेग कार्यालय अर्घाखाँचीका प्रमुख केशव सुनारकाे अध्यक्षतामम सम्पन्न कार्यक्रममा ४० बढि ब्यापारीकाे सहभागिता रहेकाे थियाे ।