ढिकुराका दुबै मृगौला फेल भएका घिमिरेको लागि अर्घाखाँची कोरिया सम्पर्क मञ्चको आर्थिक सहयोग

प्रेमनारायण आचार्य 
ढिकुरा, अर्घाखाँची २६ माघ । दुबै मृगौला फेल भएर काठमाण्डौमा उपचार गराइ रहेका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्वर ९ ढिकुराका विष्णु प्रसाद घिमिरेको उपचारकालागि अर्घाखाँची कोरिया सम्पर्क मंचले आर्थिक सहयोग गरेको छ ।
 
अर्घाखाँची कोरिया सम्पर्क मंच द्वारा संचालित बिष्णु प्रसाद घिमिरे उपचारर्थ सहयोग अभियान मा उठेको २ लाख १८ हजार रुपैया बिरामी विष्णु घिमिरेको श्रीमती सीता घिमिरेको खातामा जम्मा गरिएको मञ्चका संरक्षक बाबुराम आचार्यले बताउनु भयो ।
 
अर्घाखाँची कोरिया सम्पर्क मंच दक्षिण कोरिया को संरक्षक बाबुराम आचार्य संयोजक र सदस्य  तिर्थराज पोख्रेल सह संयोजक लगायत को सक्रियता मा अभियान संचालन गरिएको थियो ।  अर्घाखाँची कोरिया सम्पर्क मंच दक्षिण कोरियाले विरामी तथा दैविक प्रकोपमा परेका हरुलाई आर्थिक सहयोग गर्दै आएको अध्यक्ष राज खनालले जानकारी दिनुभयो । 
समिति ले विभिन्न पिडित हरुलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भएको छ । समितिले विभिन्न रचनात्मक कामहरु समेत गर्दै आएको छ ।