अर्घाखाँचीमा शुशिल कोइराला सोशलिस्ट युथ सर्कलद्वारा प्रधानमन्त्रीलाई संविधान हस्तान्तरण
माघ २६ गते, २०७७ मा प्रकाशित
केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शुशिल कोइराला सोशलिस्ट युथ सर्कल अर्घाखाँचीले नेपाली काङ्ग्रेसका नेता तथा पुर्व प्रधानमन्त्री स्वर्गिय शुशिल कोइरालाको छैठौं स्मृति दिवसको अबसरमा जिल्ला प्रसाशन कार्यालय अर्घाखाँची मार्फत बर्तमान प्रधानमन्त्री खड्ग प्रसाद ओलिलाइ नेपालको संविधान २०७२ हस्तान्तरण गरेको छ ।
शुशिल कोइराला प्रधानमन्त्री भएको बेला जारी गरिएको नेपालको संविधानको मर्म र भावना बिपरित बर्तमान प्रधानमन्त्री ओलिले संसद विघटन गरेको , संबैधानिक नियुक्तिहरु गर्दा संविधानको उल्लंघन गरेको भन्दै एक पटक संविधान राम्रो संग अध्ययन गर्नुपर्ने तर्फ सचेत बनाउन सम्बिधान हस्तान्तरण गरिएको सोशलिस्ट युथ सर्कलले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा संविधान बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जतिससक्दो छिटो प्रधानमन्त्री कार्यालय तथा प्रधानमन्त्री सम्म त्यो संविधान पुर्याइदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा शुशिल कोइराला सोशलिस्ट युथ सर्कल अर्घाखाँचीका अध्यक्ष कृष्ण भुसाल , उपाध्यक्ष बिष्णु बर्मा , सचिब लक्षमण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।