वाङ्लामा आय आर्जन बृद्धि गर्न बाख्रा बितरण (फोटो सहित)

प्रेमनारायण आचार्य
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको  सन्धिखर्क नगरपालिका वडा नम्वर ४ र ५ वाङ्लामा आय आर्जन बृद्धि गर्न बाख्रा बितरण गरिएको छ । 
गरीब संग विश्वेश्वर कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिका ४ र ५ मा रहेको समुहमा आबद्ध ६२ घर परिवारलाई बाख्रा बितरण गरिएको  हो । 
वडा नम्वर ४ र ५ मा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कृषकहरुलाई बाख्रा हस्तान्तरण गर्नु भएको हो । बाख्रा बितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले आयआर्जनमा बउद्धि होस भनेर बाख्रा बितरण गरिएको बताउनु भयो । उहाँले ब्यबसायीक रुपमा कृषि गर्नेहरुलाई नगरपालिकाले भरपुर सहयोग गर्ने बताउनु भयो ।  
बाख्रा पाएपछि स्थानीयहरु खुशी भएका छन् । आफुहरुले पाएका बाख्राहरु घरमा लगी पालेर आफ्नो घरको खर्च चलाउन यसले सहयोग पुग्ने सन्धिखर्क नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले बताए ।  
सबै बाख्राको विमा समेत गरेर स्थानीय जातका ६२ घर परिवारमा बाख्रा बितरण गरिएको हो । बाख्रा बितरण  कार्यक्रममा सन्धिखर्क नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपाने, गरीब संग विश्वेश्वर कार्यक्रमका जिल्ला संयोजक कल्पना नेपाली, सनिधखर्क नगरपालिकाका योजना शाखाका दिलीप केसी, पशु प्राविधिक बुद्धि गौतम, कार्यपालिका सदस्य पद्मा भुसाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, वडा सदस्य उमेश अधिकारी लगायतले मन्तब्य राखेका थिए । 
वडा नम्वर ४ को कार्यक्रम वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र ५ को कार्यक्रम वडा अध्यक्ष राजेन्द्र भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । दुवै वडाको कार्यक्रम समुहका अध्यक्ष शुसिला बस्नेतको स्वागत मन्तब्य र सहजकर्ता माया भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु