अर्घाखाँचीका एक युवालाई चण्डीगढमा भर्ना, आर्थिक अभावको कारण उपचारमा समस्या

अर्घाखाँचीडट्कम संवाददाता 
चण्डीगढ (अर्घाखाँचीडट्कम) ।  वैदेशिक रोज़गारको लागी भारतको लुधियाना पुगेका अर्घाखाँची पाणिनी गाँउपालिका वार्ड नं ३ खिदिमको तिलकेनीका आकस्मिक दिमागको नशाफूटने क्लोट जम्ने रोगबाट पीडित एक युवालाई उपचारका लागि समस्या परेको छ ।
खिदिमको तिलकेनीका मगर काइला भनेर चिनिने (खड़ग बहादुर मगर) को छोरा नारायण बहादुर मगर ०३ फ़रवरी २०२१ को दिन आकस्मिक दिमागको नशाफूटने क्लोट जम्ने भएर चंडीगढ़ स्थित PGI हॉस्पिटलमा भर्ना भएका छन् । 
उनको उपचार खर्च धेरै महँगो हुने अस्पताल स्रोतको भनाई छ । दैनिक ज्याला मज़दूर गरी परिवार चलाउदै आएका मगरको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा अस्पतालमा वुझाउन रक़म अभाव देखीएको छ । 
उनको परिवारको आर्थिक अवस्था गरीबीको कारण अत्यान्त दयानिय छ । मगरको अहिले सम्म दुईओटा अप्रेसन भई सकेको छ । अगाडी पनि धेरै खर्च हुने दवाई हरू चलाऊँन पनी ग़ाह्रो परि रहेको अवस्था छ ।