अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्राबेसीमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बैतडीकी भागीरथी भट्टको बलात्कारपछि हत्या गरिएको बिरोधमा बिरोधसभा सम्पन गरेको छ । र्राष्ट्रिय जनमोर्चाको अर्घाखाँचीको आयोजनामा आज चुत्राबेसीको भक्तिटोला चोकमा बिरोध कार्यक्रम गरिएको हो ।
स्वर्गिय भट्टको हत्यारा र बलत्कारिलाइ जतिसक्दो छिटो कारबाहिको दायरामा ल्याउन माग गर्दै जनमोर्चाको देशब्यापि बिरोध कार्यक्रम अन्तरगत अर्घाखाँचीमा पनि बिरोध कार्यक्रम गरिएको हो ।
बिरोध सभामा बोल्दै रास्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला उपाध्यक्ष गोपाल पौडेलले भट्टको बलात्कारी हत्यारालाई छिटोभन्दा छिटो कारबाहीको दायारामा ल्याउन माग गरे ।
यस्तै बिरोधसभामा बोल्दै अखिल छैटौंका राष्ट्रिय उपाध्यक्ष देबेन्द्र कुंवरले हत्यारालाइ कारबाहिको माग गर्दै गरिने पर्दर्शनमा हुने गरेको प्रहरि दमनको घोर बिरोध गरे ।
बिरोध कार्यक्रममा रास्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सदस्य शेर बहादुर बि . सी. जनमोर्चा जिल्ला प्रबक्ता पशुपति ढकाल, अखिल नेपाल महिला संघका कल्पना पोख्रेल, युबक संघका जिल्ला कोषाधक्ष्य बसन्त खड्का लगायतको उपस्थिति थियो ।