सन्धिखर्कको शान्तिबगैंचामा रहेको श्री पाणिनी वेदविद्याश्रम बिद्यालयलाई कक्षा ९ सञ्चालन गर्न अनुमति

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –१ शान्तिबगैंचामा रहेको श्री पाणिनी वेदविद्याश्रम विद्यालयलाई सन्धिखर्क नगरपालिकाले कक्षा ९ सञ्चालनको लागी अनुमति दिएको छ । 
गुरुकुलिय परम्परा अनुसार संस्कृत बिषय लगायत अन्य आधुनिक बिषयको पढाईहुने बिद्यालयलाई सन्धिखर्क नगर शिक्षा अधिकारी उपसचिब युगलनारायण बस्यलले आईतबार बिद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद भुसाल र बिद्यालयका प्रअ आचार्य भेषराज पौडेललाई संयुक्तरुपमा अनुमति पत्र हस्तान्तरण गर्नुभएको हो ।
निशुल्क आवासीय सुबिधा सहित २०७३ सालमा स्थापित बिद्यालयमा कक्षा ६ देखी ९ सम्म पढाई भईरहेको विद्याश्रममा अहिले ३० जना बिद्यार्थीहरु (वटुक ) अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक भेषराज पौडेलले बताउनुभयो । आगामी दिनमा कक्षा १० को अनुमतिको लागी समेत प्रक्रिया अगाडी बढाई सकिएको प्रअ पौडेलले जानकारी दिनुभयो ।
यसैबिच बिद्यालयका संरक्षक मण्डलको संयोजक नारायाण प्रसाद खनालले कक्षा ९ सञ्चालककोलागी अनुमतिपत्र प्रदानगर्ने सन्धिखर्क नगरपालीका, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष,बिद्यालयका प्रअ तथा सहयोगी सबैलाई आभार सहित धन्यवाद प्रकट गर्नुभएको छ ।