अराज बेल्बासे
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीमा ४ दिने च्याउ उत्पादन सम्बन्धी तालिम सम्पन्न भएकाे छ ।
मुख्यमन्त्री ग्रामिण किकास परियाेजना कार्यक्रम अन्तरगत ४ दिने तालिम सम्पन्न भएकाे शितगंगा नगरपालिकाका राेजगार संयाेजक नरमाया सुबेदिल जानकारी दिनु भयाे ।
उपप्रमुख टीका रेस्मीले तालिमकाे उद्धघाटन गर्नु भएकाे थियाे । तालिमकाे उद्धघाटन गर्दै उपप्रमुख रेस्मीले तालिममा सहभागीहरुलाई आत्मनिर्भर हुने गरि सीप आर्जन गर्न सहभागीहरुलाई अनुराेध गर्नु भयाे ।
समापन कार्यक्रममा बाेल्दै शितगंगा नगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष दुर्गा बिसीले तालिममा सहभागी भएकाहरुलाई कलस्टर बनाई च्याउ खेती तर्फ आकर्षण गर्ने बताउनु भयाे ।
वार्ड तथा नगरपालिकाबाट बीउ पल तथा टनेल निर्माणमा सहयाेग गर्न तयार भएकाे बताउदै ब्यवसायिक खेती तर्फ लाग्न किसानहरुलाई अनुराेध गर्नु भयाे ।
तालिममा सहभागी तथा स्थानिय जनप्रतिनिधि, लगायतकाे कार्यक्रममा सहभागिता रहकाे थियाे समापन कार्यक्रमकाे सञ्चालन नरमाया सुबेदीले गर्नु भएकाे थियाे ।