धारापानीमा ओली पक्ष नेकपाको भेला सम्पन्न

शोभाखर पन्थी 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । ओली पक्ष नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले गाउँ केन्द्रीत कार्यक्रम संचालन गरेको छ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट बिजयी सांसद तथा केन्द्रीय सदस्यहरु अहिले वडा केन्द्रीत कार्यक्रममा व्यस्त छन् । उनिहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमको बचाउ गर्दै कार्यकर्तालाई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् । 
केहिदिन यता राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल ,प्रदेश सांसदहरू चेतनारायण आचार्य,रामजी प्रसाद घिमिरे ,जाल्पा भुसाल र केन्द्रीय सदस्य तथा जिल्लाका प्रभावसाली नेताहरूले जिल्लाको ग्रामिण क्षेत्रमा पुगेर दैनिकजसो कार्यकर्ता सँग भेटघाट र अन्तरक्रिया गरिरहनु भएको छ । उहाँहरु प्रचण्ड ,माधव समुहले पार्टी फुटाएर देश र जनतालाई धोका दिएको भन्दै सजग रहन कार्यकर्तालाई अग्रह गर्नुभयो  । 
यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज पनि जिल्लाका विभिन्न वडामा कार्यक्रम सम्पन्न गरेको छ । भुमिकास्थान नगर कमिटी वार्ड नं. ३र ४ धारापानीद्वारा भुमिकास्थानमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रियसभाका सदस्य तथा पार्टी केन्द्रीय कमिटीका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जनताले भारीमतले बिजयी गराउने बताउँदै चुनावको माहोल बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । 
वडा कमिटी अध्यक्ष हरिबहादुर के.सी. को अध्यक्षता र कृष्ण भाटको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्री , भुमिकास्थान नगर कमिटीका ईन्चार्ज खगेश्वर पन्थी , अध्यक्ष राजेन्द्र आचार्य,सचिव मणि पौडेल ,नगरप्रमुख रेशम थापा,वडा नं.३ का वडाअध्यक्ष बालकृष्ण बन्जाडे,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि जगत के.सी. केशव सारु लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।