शोभाखर पन्थी
केरुङा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । ओली पक्ष नेपाल कम्युनिस्ट पार्टी नेकपा छत्रदेब वार्ड नं. ४ कमिटीको आयोजनामा केरुङामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रदेशसभाका सदस्य तथा पार्टी केन्द्रीय कमिटीका सदस्य चेतनारायण आचार्यले जिल्लामा पार्टी बिभाजनले खासै असर नपारेको भन्दै भुलबस प्रचण्ड नेपाल पक्षमा गएकाहरुलाई पुन: पार्टीमा फर्केर देश र जनताको पक्षमा उभिन आग्रह गर्नुभयो ।माधव प्रचण्ड लाई प्रतिगामीले गोटी बनाएको उहाँको आरोप थियो ।
वडा कमिटीका अध्यक्ष भिमलाल खनालको अध्यक्षता र कृष्ण पराजुलीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला सचिव तोजबहादुर रायमाझी ,कार्यालय सदस्य पिताम्बर भुसाल ,पार्टी क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश ज्ञवाली ,जिल्ला सचिवालय सदस्य माधव पन्थी ,युवानेता गिरीबावु खनाल ,स्थानीय नेताहरू बावुराम परियार ,सेरबहादुर सारु,दुर्पता पराजुली ,कृष्ण श्रेष्ठ लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।