बेपत्ता सितापुरकी १६ बर्षकि किशोरीले बिहे गरेर फर्किन्


अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको डुर्णकोट्टा (धारा) बाट बेपत्ता भएकी एक किशोरीले बिहे गरेकी छिन् । 
आईतबारदेखि बेपत्ता भएकी सितापुरको डुर्णकोट्टा (धारा) का टेकराज घिमिरे (बाबुराम) की छोरी   गिता घिमिरेलाई सितापुर झिर्‍रा (तल्लापधेरा)का २१ बर्षका प्रकाश क्षेत्रीले भगाएर कपिलवस्तुको बनगाईमा लगेर बिहे गरेका हुन् । उनिहरुले बिहे गरेको फोटो फेसबूकमा पनि पोस्ट गरेका छन् ।
गिताले आफुले बिहे गरेको भनी आफ्ना परिवारलाई जानकारी गराएकी थिईन् । नेपालको कानुन अनुसार १६ वर्षमा बिहे गर्न पाईदैन । साथै प्रहरीले सो आरोपमा उनलाई प्रकाउ गर्ने बताएको छ ।   
गिता आईतबारदेखि आफ्नै घरबाट बेपत्ता भएकी थिईन् । उता परिवारले छरछिमेकी, नातेदार, साथी लगायत सबैका घरमा खोजी गर्दा पनि फेला नपारेको बताएको थियो  ।
अर्घाखाँचीमा पछिल्लो समय बेपत्ता हुनेको संख्या बढेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु