युवराज पाण्डे
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले आफ्नो पालिकाभित्र सेवारत अस्थायी, राहात, करार शिक्षक र बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारी कुनै पनि कारणबाट अवकाश भएमा प्रतिवर्ष ५ हजारका दरले सेवा गरेको वर्षको एकमुष्ट रुपमा रकम उपलव्ध गराउने भएको छ ।
गाउँपालिकाका अनुसार कम्तिमा ५ वर्ष सेवा पुराभएका स्थायी र निजि वाहेकका शिक्षक र कर्मचारीले अवकाश सहयोग प्राप्त गर्नेछन् ।
त्यस्तै विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विद्यालयको कामकाजको शिलशिलामा दुर्घटना परेको खणडमा पालिकाले उपचार सहयोग रकम उपलव्ध गराउने भएको छ ।
उपचार गर्दा लाग्ने ३० देखी ५० प्रतिशत वा वढीमा ३० हजार सम्म उपचार सहयोग गर्ने गरी कार्यविधि गाउँसभावाट पारित गरेको छ ।
पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम यस सम्वन्धमा यसो भन्नुहुन्छ “आफ्नो उर्जाशिल जीवन विद्यालयमा समपिर्त गरी कुनै पनि कारणवाट अवकाश हुदा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी रित्तै हात फर्कनु पर्ने पिडादायी अवस्था छ ।
अझ कति पए शिक्षक कर्मचारी त आफ्नो सम्पूर्ण जिवन विद्यालयमै व्यतित गरी अवकाश हुदाको बखत खाली हात फर्कनु पर्छ।
उहाँहरुको न त पेन्सन हुन्छ न संचयकोषमा कुनै रकम जम्मा हुन्छ यसरी जिवन भरी काम गर्दा खाली हात जादाको पिडामा थोरै भएपनि मलम पट्टी गर्ने सानो प्रयास स्वरुप कार्यविधि निर्माण गरी कोषको स्थापना गरेका छौ र सोही कोषवाट खर्चहुने गरी शिक्षकलाई अवकाश र दुर्घटनाको उपचार सहयोग उपलव्ध गराउने छौ ।
“ उनका अनुसार, कोषमा वार्षिक रुपमा रकम थप गरी पछिका दिनमा सवैलाई संचयकोषमा आवद्ध गरी लैजाने योजना समेत रहेको छ । यसतो प्रकृती अभ्यास गर्नेमा आफ्नो पालिका पहिलो भएको उनको दावी रहेको छ ।
यस अघि गाउँपालिकाले बालविकास सहयोगी कार्यकर्ता र विद्यालमा कार्यरत कर्मचारीको लागी मासिक रुपमा १२ सय रकम थप गरिदिने निर्णय गरेको उपाध्यक्ष लक्ष्मी गौतमको भनाई रहेको छ ।
उहाँका अनुसार अवकाश भई घरजादाँ मानसिक र शारिरीकरुपमा कमजोर हुने र जिवनयापन गर्न समेत कठिन हुने हुदा केहि भएपनि राहात पुगोस भन्ने हेतुले अवकाश पछि पनि सहयोग प्रदान गर्ने निर्णय पालिकाले गरेको हो ।
संविधानले सवै नागरिकलाई समान रुपले हेरेको र सवै व्यक्तिको मानविय मूल्य समान भएकोले अवकाश पछि तहगत रुपमा कसैलाई पनि सहयोग रकममा विभेद नगरिएको भनाई शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक कृष्ण पोख्रेलले वताउनु भयो ।
यसका सन्दर्भमा नेपाल शिक्षक संघ पाणिनी गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको भनाई “ गाउँपालिकाको यस निर्णयले गाउँपालिका शिक्षक कर्मचारीको हितको निम्ती सकरात्मक रहेको देखिन्छ ।
यस्ता कार्यक्रमले शिक्षक कर्मचारीको मनोवल वढन् गई गुणस्तरीय शिक्षा प्रवाहको निम्ती शिक्षकलाई उत्साहीत गर्छ । यसमा अझै नसमेट्टिनु भएका शिक्षकसाथीहरुलाई पनि समेटनको निम्ती हामीले सकरात्मक तवरले पैरवी गर्छौ ।
वालशिक्षिका र विद्यालय कर्मचारीको लागी थप सुविधा प्रदान गरोस भन्ने हाम्रो पटक पटकको मागलाई पनि सम्वोधन गरेकोमा पालिका परिवारलाई आभार प्रकट गर्दछौ ।“
यस कदमलाई सकरात्मक रुपमा लिनु पर्ने र यो एउटा राम्रो कार्य भएको तर यत्तिकैमा आफूहरु पूर्ण रुपमा सन्तुष्ट नरहेको, यस्तै प्रकृतीका थप कार्य गर्न निरन्तर संवाद र छवफल गर्ने नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरे बताउनु भयो।