अर्घाखाँचीमा पत्रकार महासंघले साधारण सभा माघ २९ गते लदाम बगैचामा गर्ने

अर्घाखाँचीडट्कम संवाददाता     
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल पत्रकार महासंघ अर्घाखाँचीले साधारण सभा माघ २९ गते गर्ने भएको हो । 
महासंघका जिल्ला अध्यक्ष हिम जिसीको अध्यक्षतामा सन्धिखर्कमा बसेको बैठकले साधारण सभा माघ २९ गते बिहान १० बजे सन्धिखर्क स्थित लदाम बगैचामा गर्ने निर्यण गरेको हो । 
यस्तै साधरण सभामा नेपाल पत्रकार मासघका केन्द्रीय नेताहरु जिल्ला स्थित राजनितीक दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिब सुर्य भुसालले बताए । 
यस अगाडि साधरण सभा गर्ने भनिएता पनि विभिन्न कारणले सरेको थियो ।