गणेश खनाल
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । ओली पक्ष नेपाल म्युनिस्ट पार्टी (नेकपा) छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ अर्घातोषकाे वडास्त्तरिय कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले फागुनबाट सुरू भएकाे प्रचण्ड,माधव नेपालकाे खेल पुस ५ गते आईपुग्दा उत्कर्षमा पुगेकाे बताउनुभयाे ।
पुस ५ गते राष्टपतिलाई विशेष महाधिवेशनकाे लागि प्रचण्ड,माधव समुहका नेता गएपछि पार्टी प्रति गद्वारि गरेकाे अाराेप लगाउनुभयाे ।उहाले सिद्वात र विचारकाे कुनै विवाद नरहेकाे बताउदै पदलुप्त प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएकाे बताउनुभयाे ।
शत्ति बाडफाडमा सधै प्रचन्ड,माधवलाई राजि बनाएर मात्र काम गर्ने प्रधानमन्त्री वलिलाई राष्ट्रिय हितमा काम गर्ने नदिने खालि नियुक्ति,भागबन्डामा किचलाे गर्ने उहाँहरूले कहिले जनताका पक्षमा सवालमा छलफल नगर्ने गरेकाे जिकिर गर्नुभयाे ।
ससद विघटन बाध्यता भएकाे भन्दै सबाेच्च अदालतले गर्ने निर्णय पार्टीले मानेर जाने बताउदै संविधान सम्वत ससद विघटन भएकाले पुनःस्थापना हुनै नसक्ने बताउनुभयाे ।
प्रचण्ड सगँ सगत गरेका समकालीन नेता कसैले साथ नदिएकाे दावि गर्दै माेहन बैध,बाबुराम भट्टराई,नेत्र विक्रम चन्द्र,रामबहादुर थापा,टाेपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु शाह,मणि थापा लगाएले उहाको साथ छाेडेकाे बताउनुभयाे ।
नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण अार्चयले पार्टी एकतालाई गति दिनुकाे साटो पद र प्रतिष्ठाका लागि प्रचण्ड र माधव नेपाल लागेकाले नेकपा विभाजन हुन पुगेकाे बताउनुभयाे ।
प्रधानमन्त्री वलिलाई काम गर्न पार्टी भित्रबाट अवराेध भएपनि राष्ट्रियता र नेपालकाे मुख्य विकास निर्माणमा हालसम्मकै उकृष्ठ काम भईरहेकाे दावि गर्नुभयाे । छिमेकि देश भारतले गरेकाे नेपालकाे भुमिलाई नक्सामा समटेर निसास छाप प्रकासन गरेकाे स्मरण गराउदै राष्ट्रियता,देशप्रेमलाई सधै उच्चु राख्न सफल भएकाे जिकिर गर्नुभयाे ।
भारतकाे डिजाईजमा राष्ट्रपतिलाई महाअभियाेग,प्रधानमन्त्रीलाई अविश्वासकाे प्रस्ताव चाेरबाटाे गई छलछामकाे राजनीति गरी भारतकाे एजेन्टकाे रूपमा काम गरिरहेकाे अाराेप लगाउनुभयाे ।
नेता अार्चायले अर्घाखाँचीमा मुल नेतृत्व एकै ठाउँमा रहेकाे भन्दै जिल्लाभर कार्यकतामा पनि उत्साह रहेकाे बताउनुभयाे । जिल्लाकाे विकासमा उल्लेखनीय याेजना ल्याउन सफल भएकाे भन्दै सडक स्त्तर उन्नति र खानेपानी पहुच लगभग यश वर्षदेखि समाधान हुने बताउनुभयाे ।
कार्यक्रम नेकपा केन्द्रीय सदस्य नरेन्द्र कुमार छेत्री, जिल्ला कार्यालय सदस्य पिताम्वर भुसाल, नेकपा १ नम्वर क्षेत्रिय कमिटी अध्यक्ष प्रकाश ज्ञवालि,छत्रदेव गाउँपालिका सहइन्चार्ज माधव पन्थि,मालारानी गाउँपालिका अध्यक्ष सालिकराम अार्चाय,प्रेस सगठन केन्द्रीय सदस्य गणेश खनाल लगाएयतकाे उपस्थिति रहेकाे थियो ।
वाडनम्वर ८ का वाड अध्यक्ष डाेडराज फ्युलेजकाे अध्यक्षता,लकबहादुर शाहकाे स्वागत मन्तव्य र भेषराज फ्युलेजकाे सञ्चालन कार्यक्रम सम्पन्न भएकाे हाे ।