दिपेन्द्र खत्री
मरेङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भगवान पनि कति निस्टुरी ! जन्म लिएकाे पाँच महिना नपुग्दै याे संसार छाडेर जानु पर्याे ! आफ्नाे काेखबाट जन्म लिएकाे सन्तान गुमाउनुकाे पिर आमालाई भन्दा कसलाई पाे हुन्छ र ? हे भगवान् बरु सन्तान नै नदिए राम्राे नी !
अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका वार्ड नः २ मरेङको सल्लेरीमा असोज १६ गते बिस्णु परियारकाे काेखबाट जन्म ल्याएका दुई हात नभएका बालक राजु परियारकाे आज मंगलवार विहानै निधन भएकाे छ।
बुकुने परियार र पुतली परियारकाे नाती राजेन्द्र परियार र विस्णु परियारकाे छाेरा राजु परियार जिल्ला अस्पताल गुल्मीमा अपाङ्ग दुई हात बिना जन्मिएका थिए ।
मंगलवार जन्मिएको ५ महिना नपुग्दै आमा बिस्णु परियारको काेख रित्तिएको छ । वनमा लागेकाे आगाे पाे सबैले देख्छ तर मनमा लागेकाे आगाे आफ्नाे मनलाई मात्र थाहा हुन्छ भने झैं आफ्नाे सन्तान गुमाउदाकाे पिडामा परिवार छ ।
साथै यस अगाडि बालकको भबिस्य उज्ज्वल बनाउने उदेश्य सामाजिक संघ सस्थामा सहयाेग रकम उठिरहेको थिए ।