अर्घाखाँचीमा सन्त बहादुर नेपाली नेतृत्वको राष्ट्रिय जागरण अभियानद्धारा अन्तरक्रिया सम्पन्न

केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा प्रतिनिधि सभा विघटन र स्वाधिनताको प्रश्न बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय जागरण अभियान जिल्ला शाखा अर्घाखाँची को आयोजनामा गरिएको उक्त कार्यक्रममा एम सि सि बिमर्श नामक पुस्तक पनि सार्बजनिकिकरण गरिएको थियो ।
कार्यक्रममा जागरण अभियानाका  राष्ट्रिय संयोजक सन्त बहादुर नेपालिले आधार पत्र प्रस्तुत गरेका थिए उक्त कार्यक्रममा  बोल्दै नेपालिले प्रतिगमन संग जुध्न सबै एकजुट भएर लाग्नुपर्ने बताए उनले आफू हरु पार्टी बाट कार्बाहिमा परे पनि तत्काल अर्को पार्टी गठनको योजनामा नरहेको स्पस्ट पारे ।
अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापती बिष्णु खनाल  , नेपाल कम्युनिस्ट पार्टीका राम बहादुर चौहान , जनता समाज बादी पार्टीका टोप बहादुर बलाल बुद्धिजीवी भेष बहादुर के सि  लगायतले सरकारका कदमको खुलेर आलोचना गरे ।
कार्यक्रमको सभापतित्व जागरण  अभियान जिल्ला शाखा अर्घाखाँचीका संयोजक बुद्धिराम गैरेले गरेका थिए भने प्रमुख आथित्यता सन्त बहादुर नेपालीले गरे । कार्यक्रममा दल हरुका प्रतिनिधि , बुद्धिजीवी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।