काठमाडाैँ – संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन गरेको छ । काठमाडौँका पाँच स्थानबाट एकैसाथ जुलुस निकालेका थिए ।
पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट निस्केको जुलुस प्रदर्शनीमाग भृकुटीमण्डमा पुगेर विरोधसभामा परिणत हुने छ। सो सभालाई अध्यक्षद्वयसहित शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूहले आन्दोलनका कार्यक्रम अन्तर्गत आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको हो।
दुई लाख भन्दा बढि नागरिक सभामा सहभागी गराउने दाबी गरेको नेकपाले त्यसका लागि विभिन्न जिल्लाबाट कार्यकर्तालाई काठमाडौँ ल्याएको छ। नेकपाको प्रचण्ड–नेपाल खेमाले बुधबारको ‘जनप्रदर्शन’ निर्णायक हुने समेत दाबी गरेको छ।
सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।
यस्तै केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले पनि सभालाई सम्बोधन गरेका थिए । देशसन्चारमा समाचार छ ।