पटौटीको श्री द्यौराली माविको ४३ औं वार्षिकोउत्सव सम्पन्न (भिडियो, फोटो फिचर)

सागर घिमिरे
पटौटी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटीमा रहेको श्री द्यौराली माध्यमिक विद्यालयको ४३ औं वार्षिकोउत्सव तथा अभिभावक दिवस एक समारोहका विच सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लक्ष्मी गौतमले राष्ट्रका भविस्यका सम्पती उत्पादन गर्ने विद्यालय र शिक्षक प्रति सकरात्मक भावनाको विकास गर्न सकेमा सवैको प्रगती हुने वताउनु भयो ।
त्यस्तै उहाँले भन्नुभयो “ गाउँपालिकाले पनि शिक्षाको विकासको निम्ती सकरात्मक कार्य गरिरहेको छ”। कार्यक्रममा बोल्दै शिक्षा अधिकृत तेज वहादुर खनालले कम जनशक्तीका बावजुत पनि विद्यालयले प्राप्त गरेको नतिजा र विद्यालयको टिमवर्क राम्रो भएको भन्दै थप मेहेनतका साथ आगामी दिनमा विद्यालयले थप सफलता हासिल गर्नेमा विश्वास व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा श्यामनाथ घिमिरे,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारी,नारायणहरी घिमिरे ,नेकपाका हरी घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शिक्षक मधुरा ढकाल विद्यार्थीहरु मुना घिमिरे र किसन गाहा मगरले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै  विद्यालयका प्रधानाध्यापक टोमलाल घिमिरेले विद्यालय प्रतिवेदन वाचन गर्नु भएको थियो भने स्वागत मन्तव्य शिक्षक युवराज पाण्डेले गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीले विभिन्न सास्कृतीक कार्यक्रमको समेत प्रदर्शन गरेका थिए भने शैक्षिक शत्र २०७६ मा कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
लक्षमण गौतमको सञ्‍चालनमा सम्पन्‍न कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको शिक्षक माधव बेल्वासेले जानकारी दिनुभयो ।

अन्य समाचारहरु