अर्घाखाँचीमा पत्रकार महासंघको १४ औं साधारणसभा सम्पन्न (भिडियो, फोटो सहित)
माघ २९ गते, २०७७ मा प्रकाशित
दिपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीको १४ औं साधारण सभा सम्पन्न भएको छ ।
सन्धिखर्कको एक होटेलमा सम्पन्न साधारण सभाको नेपाल पत्रकार महासंघका प्रदेश सचिब शुक्रऋषि चौलागाईले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।
कार्यक्रममा मनतब्य राख्दै चौलागाईले पत्रकारिता क्षेत्रमा आएका समस्या समाधानका लागी सदैव लागी रहने बताए । उनले सञ्चार माध्यमलाई टिकाई राख्न क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।
सचिब चौलागाईले ठुला मिडिया हाउसले लामो समय सम्म पारिश्रमिक नदिने, कम पारिश्रमिक दिने लगायतका समस्याले पत्रकारिताबाट पलायन हुने अबस्था आएको भन्दै त्यसका बिरुद्ध महासंघले आवाज उठाउनु पर्नेमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम जिसीको अध्यक्षता,उपाध्यक्ष गणेश खनालको स्वागत मनतब्य र सचिब सुर्यप्रसाद भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सभापति बिष्णु भुसाल, पुर्ब अध्यक्ष निम बहादुर रीजाल, प्रदेश सदस्य तथा निबर्तमान अध्यक्ष शोभाखर पन्थी, प्रदेश सदस्य प्रेमनारायण आचार्य, अशोक खनाल, प्रेस युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र केसी, प्रेस सेन्टरका हृदय भुसाल, सबिता आचार्य प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष जितेन्द्र खत्रि, प्रेस नेपालका केन्द्रिय सदस्य दिनेश सुनार , जनपत्रकार संघठन नेपालका केन्द्रीय सदस्य अनिल नेपाली,पत्रकार महासंघका सदस्य बिष्णु मुस्कान, छमकुमारी खनाल, गोपाल पौडेल लगायतले शुभकामना मनतब्य राखेका थिए ।
कार्यक्रममा महासंघका सचिब सुर्य भुसालले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष बिनोद गैरेले आर्थीक प्रतिबेदन पेश गरेका थिए । साधारण सभाले ७ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
साधारण सभामा जिल्लामा सक्रिय अर्घाखाँची डट्कमका सम्पादक सन्तोष के. सी ., रिपोर्टर दिपेन्द्र पौडेल, लुम्बिनी आबाजका हालिम खान लगायत सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो । अर्घाखाँचीमा १२४ जना पत्रकारले महासंघको साधारण सदस्य प्राप्त गरेका छन् ।