एमसीसी पास गर्नुपर्ने पक्षमा रहेका ऊर्जामन्त्री टोप बहादुर रायमाझीसँग अमेरिकी राजदूत बेरीको भेट बार्ता

अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) ।  नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोप बहादुर रायमाझीसँग भेट बार्ता गरेका छन् । 
 मन्त्री रायमाझीले ऊर्जा क्षेत्रको कामका लागि अमेरिकन मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पर्खेर बस्नु नहुने भनी बताईरहेका बेला राजदूत बेरीले आज बिहीवार भेट बार्ता गरेका हुन् ।
भेट बार्तालाई अर्थपूर्ण रुपमा लिईएको छ । मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्न नहुने बताउदै आएका छन् ।
विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने उनको भनाई छ ।