अर्घाखाँचीका एक युवाको बुटवलमा स्कुटर दुर्घट्नामा परि निधन

अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड ३ खिदिमका एक युवाको बुटवलमा स्कुटर दुर्घट्नामा परि निधन भएको छ । 
खिदिमका बुवा रामचन्द्र गौतम आमा राधा गौतमका ४२ वर्षिय रबि गौतमको बुटवलमा स्कुटर दुर्घट्नामा परि बुधवार निधन भएको हो ।
मनिस अधिकारीले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार हाल परासी बसोबास गर्दै आएका गौतमको बुधवार बिहान १० बजे योगिकुटी नजिक बच्चा आगाडी आउँदा बचाउने क्रममा ट्र्याक्टरले ठक्कर दिएको थियो ।
गौतम हाल चौराहा अस्पताल बुटवलमा प्रसासन प्रमुखका रुपमा कार्यरत थिए । साथै उनी बाल अधिकारकर्मी पुर्ब जिल्ला बालकल्याण प्रमुख नवलपरासी हाल पत्रकार महासंघ नवलपरासी पश्चिमको जिल्ला सदस्य पनि थिए । 
गौतममा एक श्रीमती, १४ वर्षिया छोरी र ५ वर्षिय छोरा रहेका छन् ।
मृतकको हिजो त्रिबेणी धामा नवलपरासीमा दाहा संस्कार गरिएको छ ।