सन्धिखर्कमा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसीसँग प्रगतिशिल पत्रकार संघको साक्षात्कार सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनस्र्थापनाको बिकल्प नभएको बताउनु भएको छ । शुक्रबार अर्घाखाँचीको सदुरमुकाम सन्धिखर्कमा प्रगतिशिल पत्रकार संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको संसद् विघटन गर्नु अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै बिघटित संसद पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभयो ।
केसीले नेकपाको आन्तरीक खिचतानीका कारण देशलाई भड्खालोमा हाल्न खोजिएको भन्दै त्यसो गरीए देश प्रतिगमन तर्फ जाने निश्चित भएको बताउनुभयो । संविधानको रक्षक राष्ट्रपति बिद्यादेबि भण्डारीले समेत ओलीको असंवैधानिक कदममा साथ दिएको केसीको आरोप रहेको छ ।
राष्ट्रपतिले असंवैधानिक कदमलाई रोक्न नसकेको कारण राजनैतिक अस्थिरता आएको भन्दै केसीले जनताले स्थायी सरकारका लागि समर्थन दिएको भएपनि ओलीले जनमत माथि कुठाराघात गरेको आरोप लगाउनुभयो । केसीले ओलीले चालेका प्रतिगामी कदमलाई असफल पार्न संयुक्त आन्दोलनको बिकल्प नभएको समेत दाबि गर्नु गर्नुभयो ।
पुर्बउपप्रधानमन्त्री समेत सहनु भएका केसीले एउटा सरकार चलाउन नसक्नेहरुले ८÷८ वटा सरकार चलाउन खोज्नु मुर्खता भएको बताउनु भयो । केसीले संघीयता नेपाली जनताले थेग्न नसक्ने प्रष्ट पार्दे संघीयता खारेजी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पछिल्लो समय देशमा भ्रष्टाचार र बलात्कारका घटना बढिरहेपनि ओली सरकार भने आरोपप्रत्यारोपमा लागेको बताउनु भयो । कार्यक्रम प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष जितेन्द्र खत्रिको अध्यक्षता र उपाध्यक्ष गोपाल प्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।