अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्धारा विशाल बिरोध सभा सम्पन्न | संघियता न्याउरी मारी पछुतो: चित्र बहादुर के.सी (भिडियो, फोटो फिचर)

केशब राज ज्ञवाली | दीपेन्द्र पौडेल, बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले बिरोध सभा सम्पन्न गरेको छ ।
सन्धिखर्कको टुंडिखेलमा गरिएको सभा पुर्व जनमोर्चाको पार्टी कार्यालयबाट र्याली निकाली बजार परिक्रमा गरिएको थियो । बिरोधसभालाई जनमोर्चाका अध्यक्ष चित्र बहादुर के. सी., केन्द्रिय सदस्य मनोज भट्टका साथै प्रदेश र जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै जनमोर्चाका अध्यक्ष चित्र बहादुर के. सी.ले  प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने तर्फ उद्दत रहेको बताउदै   ओली भारत परस्त भएको आरोप लगाए । भौतिकबादी कम्युनिस्ट पार्टीको अध्यक्ष पशुपतिमा पुजा अर्चना गर्नु त्यसको ताजा उदाहरण भएको उनको तर्क छ ।
संघीयताको घोर बिरोध गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका  के. सी. ले अन्य पार्टीहरुलाई संघियता आजका दिनमा न्याउरी मारी पछुतो भएको उनले उल्लेख गरे । जनतालाई करको भारी मात्रै बोकाउन संघियता थोपरिएको भन्दै उनले यो ब्यबस्था देशको हितमा हुनै नसक्ने बताए ।

एम . सि . सि . परियोजना नेपाल र नेपालिको हितमा नभएको भन्दै नेता के . सी . ले  चिनलाइ घेरामा पार्ने उदेश्यले एम. सि. सि. परियोजन ल्याउन बल गरिएको बताए ।
देशमा कलकारखाना उद्योग धन्दा नभएको गर्नु पर्ने काम नगरेर गलत बाटो हिडेकोले समस्या मात्रै थोपरिएको उनले उल्लेख गरे ।जनता एकजुट भएर संघीयता फाल्न र धर्म निरपेक्षता र गणतन्त्र जोगाउन उठ्न अपिल गरे ।
चुनाबको नाममा देशमा अस्थिरता खडा गरेको भन्दै नेता के. सि. ले देशमा बिरामिले औषधी नपाउने , बालबालिकाले पुस्तक नपाउने बरु त्यो खर्च तेता लगाए केही राहत हुने उल्लेख गरे ।
देशमा बाह्य शक्तिको चलखेल बढी भएकोले अब गणतन्त्र पनि खतरामा रहेको उल्लेख गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका के. सि. ले अब सबै एकजुट भएर लागि पर्नु पर्ने बताए । जनताले सधै एक्यबद्द भएर देशमा ठुला ठुला परिबर्तन भएकोले जनतानै सबै भन्दा शक्तिशाली रहेको कुरामा दुबिधामा नपर्न अनुरोध गरे ।
यस्तै केन्द्रिय सदस्य मनोज भट्टले शेर बहादुर देउवा पनि ज्योतिषिको भ्रममा परेर प्रधानमन्त्री को लोभ त्याग्न नसकेको बताए । उनले  पहिलेका दिन मा पनि प्रधानमन्त्री पदको लागि शेर बहादुर देउवाले जस्ता पनि निकृस्ट काम गर्ने गरेको उदाहरण दिदै अब देउवा र नेपाली काङ्ग्रेस पनि समयमै सच्चिएर संयुक्त आन्दोलनमा आउनु पर्नेमा जोड दिए । के. पि. ओली अब  नाङ्गिसकेको भन्दै भट्टले अब नाङ्गो नाच धेरै दिन नटिक्ने उल्लेख गरे ।
राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,सचिब बाबुराम पन्थी सुनारको सञ्चालन र उपाध्यक्ष गोपाल पौडेलको स्वागत मनतब्यमा सम्पन्न कार्यक्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्ट,राजमो नेताहरु शेरबहादुर बिसी,झबिलाल थापा,सागर केसी,पशुपति ढकाल,कल्पना पोख्रेल लगायतले मनतब्य राख्नुभएको थियो ।
बिरोध सभा पूर्व सुरु भएको जुलुसले चुत्राबेसी र सन्धिखर्क बजार परिक्रमा गरेको थियो कार्यक्रममा रक्तिम सांस्कृतिक परीवारका कलाकारको प्रस्तुति समेत रहेको थियो । यसअघि शुक्रबार बिहान प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा पत्रकार सम्मेलन पनि सम्पन्न भएको थियो । सन्धिखर्कको  टुंडिखेलमा सम्पन्न सभाको अर्घाखाँचीडट्कमले दिनभर प्रत्यक्ष प्रसारण गरेको थियो ।