बिष्णु खनाल / अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा नेपाल शिक्षक संघको अधिवेशन आज सम्पन्न भएको छ ।
अधिवेशनले ठाकुर प्रसाद खनालको अध्यक्षतामा ११ सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा माया खनाल, सचिव भागिरथ रिजाल, सहसचिब महेश खनाल, कोषाध्यक्ष लक्षमण घिमिरे, सदस्यहरुमा शारदा खनाल, बिष्णु खनाल, काशिराम रिजाल, भेषराज खनाल, शिवहरी खनाल, गोमा ज्ञवाली चयन भएका छन ।
यस्तै अधिवेशनले सल्लाहकार समितिको संयोजकमा गोबिन्द बहादुर खनाल, सदस्यमा नानिमैया पोख्रेल, भिम प्रसाद खनाललाई चयन गरेको छ । नया कार्य समितिलाई शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी नेपाल शिक्षक संघका जिल्ला सह सचिव अनन्त सुमालले लगनशिल भएर पठनपाठन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघ मालारानी संयोजक शोभाखर खनाल, नेपाली काङ्ग्रेस खन वडा सभापती लक्ष्मण पोख्रेल, नेपाल ट्रेड युनियन काङ्ग्रेस मालारानी अध्यक्ष भोजराज रिजाल, वडा उपसभापति गोबिन्द बहादुर खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाल शिक्षक संघ मालारानी वडा नम्बर ४ का अध्यक्ष गोबिन्द बहादुर खनालको अध्यक्षता, नानिमैया पोख्रेलको स्वागत मन्तव्य र राम प्रसाद रिजालको सन्चालनमा सम्पन्न भएको हो । अधिवेशन मुक्ती आधारभुत विद्यालय फलारपानी, खनमा सम्पन्न भएको हो ।