ढिकुराको श्री शारदा माविले लामो समयको अन्तरालमा मनायो ६१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता   
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकावार्ड नम्बर ९ ढिकुरा स्थित श्री शारदा माध्यमिक विधालयले लामो समय पछि आफ्नो ६१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ।
भुमिकास्थान नगरपालिका का नगर उप प्रमुख खडानन्द बेल्वासे को प्रमुख आतिथ्यता मा सम्पन्न उक्त कार्यक्रममा मा भुमिकास्थान नगरपालिका का प्रशासकीय प्रमुख लिल बहादुर राउत विशिष्ट अतिथि को रुपमा आशन ग्रहण गर्नुभएको थियो।साथै जिल्ला शिक्षा समन्वय इकाईका इकाई प्रमुख मणिराम पराजुली ,भुमिकास्थान नगरपालिका का शिक्षा तथा खेलकुद विकास इकाईका इकाई  प्रमुख तुवलाल सापकोटा रभुमिकास्थान नगरपालिका वार्ड न.९का वार्ड अध्यक्ष नारायण प्रसाद खनाल का विशेष अतिथिका रुपमा रहनुभएको थियो।
कार्यक्रममा  विधालय का प्रधानध्यापक बिष्णु अधिकारी,विधालय शिक्षक अभिभावक संघ का अध्यक्ष विनोद घिमिरे,प्रकाश सचेतन समुह(प्राग) अध्यक्ष प्रेम नारायण गैरे,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,भुतपुर्व व्यवस्थापन समितिका पदाधिकारी, भुतपुर्व तथा अवकाश प्राप्त शिक्षक, अक्षय कोष दाता, विभिन्न विधालयका प्रधानध्यापक तथा शिक्षक-शिक्षिका,पत्रकार लगायत शिक्षक,अभिभावक तथा विधार्थी हरुको उपस्थित रहेको थियो।
कार्यक्रम को उदधाटन प्रमुख अतिथि नगर उप प्रमुख खडानन्द बेल्वासेले व्यानर पढेर उदधाटन गर्नु भएको थियो।विधालय का शिक्षक बावुराम चुदालि ले कार्यक्रममा उपस्थिति अतिथि हरुलाई स्वागत भाषण मार्फत स्वागत गर्नुभएको थियो भने विधालयका प्रधानध्यापक ले विधालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियोे। उक्त कार्यक्रममा शैक्षिक सत्र २०७६ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने  विधार्थीहरु लाई पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी विधालयमा लामो समय सेवा गरि अवकाश हुनुभएका र यस विधालयमा लामो समय अध्यापन गराई अन्यत्र विधालयमा सरुवा हुनुभएका शिक्षक-शिक्षिका लाई विधालय का प्रधानध्यापक विष्णु अधिकारी ले टीका,प्रमुख अतिथि खडानन्द बेल्वासे ले दोसल्ला र विधालय व्यवस्थापन समितिका अध्यक्ष उमेश घिमिरेले सम्मान-पत्र दिएर सम्मानित गरिएको थियोे।साथै विधालय का अक्षयकोष दाता हरुलाई पनि दोसल्ला ओडाई सम्मानित गरिएको थियो।
विधालयको वार्षिकोत्सब तथा अभिभावक   दिवस दिवस को अवसरमा भुमिकास्थान नगरपालिका मा रहेका  सम्पुर्ण  सामुदायिक विधालय का प्रधानध्यापक को  तर्फबाट भगवती मा.वि.,डेभा का प्रधानध्यापक कृष्ण खनाल,यस विधालयका पुर्व शिक्षक बलराम घिमिरे,पुर्व प्रधानध्यापक गिरि प्रसाद पोख्रेल,पुर्व विधार्थी को तर्फ बाट प्राग का अध्यक्ष प्रेम नारायण गैरे,विधालयका शिक्षक को तर्फ बाट शिक्षक चेत नारायण बेल्वासे,अवकाश प्राप्त शिक्षक गोविन्द प्रसाद घिमिरे,ले शुभकामना मन्तव्य प्रकट गर्नुभएकोे थियो।उहाहरुले सामुदायिक विधालयलाई निजि विधालयले चुनौती दिईरहेको कारण सामुदायिक विधालयको क्षैक्षिक गुणस्तर बढाई साख कायम गर्न समयानुकूल शैक्षिक गतिविधि अघि सार्नु पर्ने बताउनुभयो।
साथै शुभकामना मन्तव्य दिदै भुनपा-९ का वार्ड अध्यक्ष नारायण प्रसाद खनाल ले विधालयको नया भौतिक निर्माण गर्न धेरै सङ्घर्ष गर्नु परेको र कम पैसामा व्यवस्थापन गरि भवन निर्माण गर्नु परेको बताउनुभयो।
त्यसैगरि विशेष अतिथि भुनपा नगर शिक्षा अधिकृत तुवलाल सापकोटा ले निजि र संस्थागत विधालय भन्दा सामुदायिक विधालयको शैक्षिक परिणाम कमजोर भएको गुनासो गर्नुभयो।शैक्षिक स्तरमा अर्घाखाँची जिल्ला छिमेकी जिल्ला भन्दा कमजोर विगतमा पनि रहेको र अहिले पनि रहेको कुरा बताउनुभयो।शैक्षिक उपलव्धि लाई हासिल गर्न विधालय व्यवस्थापन ले प्रभावकारी अनुगमन जरुरी रहेको र भौतिक संरचना को बारेमा अब खासै सोच्नु पर्ने अवस्था नरहेको ले शैक्षिक गुणस्तर मा ध्यान दिनु पर्ने जोड दिनु भयो।
त्यसैगरि अर्का विशेष अतिथि जिल्ला शिक्षा समन्वय इकाई का इकाई प्रमुख मणिराम पराजुलीले शैक्षिक उपलब्धि लाई अझै अगाडि बढाउन विधालय ले योजना बनाई विगत को उपलब्धि संग तुलना गरि भविष्य को शैक्षिक उपलब्धि हासिल गर्न सक्ने गरि योजना वनाई त्यहि अनुरुप कार्यन्वयन मा जानु पर्ने बताउनु भयो।जिल्ला शिक्षा  समन्वय इकाई जनशक्ति को अभावमा कहि गर्न सक्ने अवस्थामा नरहेको पनि गुनासो गर्नुभयो ।
आफ्नो मन्तव्य राख्दै कार्यक्रम का विशिष्ट अतिथि भुनपा का प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउतले अभिभावक,विधार्थी र शिक्षक को समन्वय वाट विधार्थी को कक्षा सिकाई उपलव्धि हासिल गर्नु पर्ने बताउनुभयो।अहिले विधार्थी लाई दण्ड होइन पुरस्कार सहित सिकाई उपलब्धि हासिल गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभयो।पुरानो भवन भत्केर नयाँ भवन निमार्ण गरियो प्रसङ्ग जोडदै विनास पछि मात्र विकास हुने कुरा जोडनुभयो।उहाँले हाम्रो समाज र हाम्रो विधालयमा सिक्ने र सिकाउने आन्दोलनमा नगए हाम्रो समाज र शैक्षिक अवस्था यथास्थिति मा रहने बताउनुभयो।
अहिले को अवस्थामा विधार्थीको मनोविज्ञान लाई बुझेर मात्र कक्षा सिकाई अहिले को आवश्यकता रहेको बताउनु भयो।ग्रेडिङ्ग प्रणाली ले सिक्ने र सिकाउने कुरा लाई सशक्त पार्न नसक्ने भन्दै दक्ष जनशक्ति उत्पादन का लागि सिपमुलक र प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि भुनपा  का नगर उप प्रमुख खडानन्द बेल्वासेले सरकार र सडकमा नेकपा रहेको प्रसङ्ग उठाउदै गणतन्त्रको सामन्ती को रुपमा नेकपा रहेको र दुई तिहाइ को नेकपा को सरकार हुदा पनि नेपाल को राजनीति,सामाजिक र आर्थिक रुपान्तरण हुन नसकेको धारणा व्यक्त गर्नुभयो।त्यसैगरि राजनीतिक दलका नेताहरु विचारमा मा ठुला कुरा गर्ने तर व्यहवारमा ५० बर्ष पछाडि रहेको बताउनुभयो।विधालयको अवस्थामा विगर्नुको कारण पनि देशमा जस्तै राजनीतिक अस्तित्व एक अर्काले स्विकार गर्न नसक्नु पनि हो।उहाँले थप्नुभयो।
कार्यक्रममा रुपन्देही -ढिकुरा समाजले ढिकुरामा रहेका १० वटा विधालयका दुई/दुई जना असहाय तथा जेहेन्दार विधार्थी हरु लाई जनही दुई हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रम मा मोतिराज घिमिरे,शान्ता घिमिरे आचार्य ,गोविन्द प्रसाद घिमिरे,राधा घिमिरे पौडेल र समस्त परिवारको तर्फ बाट रु ५१ हजार बरावरको शिवहरी,बिष्णु र पुष्कर यमकला घिमिरे स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो। कार्यक्रम को बिच-बिचमा विधार्थीहरुले नृत्य र गायन को माध्यम बाट अतिथि तथा  उपस्थित सवैलाई मनोरञ्जन गराएका थिए।
साथै विधालय व्यवस्थापन समितिका नव नियुक्त  अध्यक्ष उमेश घिमिरेले विधालयको शैक्षिक र भौतिक विकासको लागि सवै पक्षलाई साथ दिन आग्रह गर्नुभयो ।
कार्यक्रम विधालयका शिक्षक नवराज अधिकारीको सञ्चालन र उमेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।