झनक के.सी / अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाको देउरालीमा वार्ड कार्यालय र स्वास्थ्य केन्द्र भवनकाे उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।
शितगंगा नगरपालिका र प्रदेशको समपुरक बजेटमा बैठक कक्ष सहित ४ कोठे भवन निर्मित सो वार्ड कार्यालय भवन निर्माण भएको हो। बार्ड कार्यालय भवन ३२ लाखको लगानिमा निर्माण भएको हो । त्यस्तै सोही वार्ड्मा संघीय सरकारको लागानीबाट ४ कोठे आधारभुत स्वास्थ केन्द्रको भवन पनि मन्त्री रायमाजिले उद्घाटन गर्नु भएको थियो। स्वास्थ केन्द्र २१ लाखमा निर्माण भएको थियो। त्यस भेगका सयौं स्थानिबासी लाभान्वित भएका छन्। भवन उद्घाटनमा स्थानियबासिन्दाहरु खुशी भएका छन् ।
उद्घाटनमा अध्यक्षता ऋषि रेस्मिले गर्नु भएको थियो । प्रमुख अतिथी उर्जा तथा जलश्रोत मन्त्री टोप बहादुर रायमाझीले गर्नु भएको थियो। बिशिस्ट अथिती प्रदेश सभा सद्स्य रामजि घिमिरे,प्रदेश सभा सदस्य जाल्पा भुषाल,अतिथीहरु शितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, उपप्रमुख टीका रेस्मी,अर्घाखाँची प्रमुख जिल्ला अधिकारी बिष्नु पौडेल, विभिन्न वाडका वाड अध्यक्ष हरु विभिन्न पार्टिका प्रमुख तथा प्रतिनिधि,बिद्यालय प्रमुख तथा प्रतिनिधि,संघ सस्था प्रत्रकार लगाएत स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थितिमा कार्यालय भवन उद्घाटन भएको थियो।
कार्यक्रममा सम्वोधन गर्दै वाडअध्यक्षहरुको नेतृत्व गर्दै वार्ड न ५ का कमल पौडेलले मन्त्री बुझ्ने सैलिमा तपाईं आएको बाटोमा झ्याल खोलेर आउनु भएको भए थाहा पाउनु हुन्थ्यो भन्नू भएको थियो। त्यस्तै सम्वोधन गर्दै नगर उपप्रमुख टीका रेस्मिले हाम्रा कार्यकालमा धेरै राम्रा काम भएका छन। शितगङ्गा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले टोप बहादुर दाइले धेरै राम्रा काम गर्नु भएको छ। हामीले जनयुद्धका कमान्डर नेता पाएका छौ डोका नाम्लो पिट्ठुमा बोकेर हिडेका हामी ऐले बिकास उन्मुखमा लम्किएका छौ । आगामी दिनमा थुप्रै योजना सहित हामी सबै नेतासँग सहकार्य गरेर अगाडि बढने बताउनु भएको थियो। साथै प्रदेश सभासद जाल्पा भुषालले म धन्चौरकी चेली हु हामिले मिलेर काम गरेका छौ कुनै किसिमको रास्टिय योजनमा हामी अर्घाखाँचीका नेताले सबैसंग कोटिनेट गरेर काम गरेका छौ।
कार्यक्रममा सम्बोधन गर्दै प्रदेश सभा सदस्य रामजी घिमिरेले ऐले शितगंगामा धेरै योजना स्वीकृत भएका छन। त्यस्ता धेरै काम सुचारु भएका छन् तर अझै बिकाशको फडको मार्न २ ओटा पालिका बनाउनु पर्छ भन्दै सबैलाई ध्यानाकर्षण गराएका थिए ।
वार्ड कार्यालय बनाउन जग्गा दान गर्ने दाता निमा नन्द भुषाल र अरुणा खनाललाई सम्मान उर्जा मन्त्री रायमाझीले सम्मान गर्नु भएको थियो ।
सम्वोधनमा प्रमुख अतिथी उर्जा मन्त्री रायमाझीले हामी अबका ४ बर्षमा सरर कालो पत्रेमा हिड्ने छौ । त्यस्तै शितगङ्गामा अब केही बर्ष पक्की पुल बनाउने ठाउँ भेटिने छैनन । हामीले भारी बोकेर नुन ल्याएका मान्छे ऐले सरर गाडीमा गाउँ गाउँ पुगेका छौ। बिकाशले फडको मारेको छ अझै त्यस्ता थुप्रै काम बाकी छ । हामी मिलेर काम गर्ने छौ कार्यक्रममा वार्ड न ६ का स्थानियलाई धन्यबाद दिएका थिए ।
कार्यक्रमको समापन सोहि वार्ड्का अध्यक्ष रेस्मीले हामी मिलेर काम गर्ने छौ। तर कुनै पनि औपचारिक कार्यक्रममा स्थानीयलाई कार्यक्रमा नजाने आदेश आएकोमा मन दुखेको समेत बताएका थिए कार्यक्रमको संचालक समाजसेवी ऋषि घिमिरेले गर्नु भएको थियो ।