पाणिनी पर्यटन समाज अर्घाखाँचीले भारतको लुधियानामा वृहत सांस्कृतिक कार्यक्रम गर्ने
फाल्गुन २ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
कपिलवस्तु (अर्घाखाँची डट्कम “व्युरो रिपोर्ट”) । पाणिनी पर्यटन समाज अर्घाखाँचीको एकटोली कपिलवस्तु जिल्लाको वाणगंगामा पुगी केही महत्वपूर्ण विषयमा छलफल गरेको छ ।
निकट समयमा भारत भ्रमणको तयारीमा रहेको पाणिनी पर्यटनसमाज अर्घाखाँचीले नव वर्ष २०७८ लाई लक्षित गर्दै वृहत सांस्कृतिक कार्यक्रम भारतमा गर्ने तयारी रहेको छ ।
पाणिनी पर्यटन समाज अर्घाखाँची का अध्यक्ष झविन सुनाम,उपाध्यक्ष धुर्वराजघिमिरे,अन्तराष्ट्रीय विभाग संयोजक विकास रेष्मी सहितको वैठकले भारतमानववर्ष लक्षित सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
यस्तै पाणिनी पर्यटन समाज अर्घाखाँची ले हालै सम्पन्न कपिलवस्तु उद्योगवाणिज्य संघ को निर्वाचनवाट नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष तुल्सीरामघिमिरेलाई सम्मान समेत गरेको छ । पाणिनी पर्यटन समाज अर्घाखाँची कासुभचिन्तक तुल्सीराम घिमिरेले पाणिनी पर्यटन समाज को लागी सदैव सहयोगगर्ने वताउनु भएको छ ।
यस्तै पाणिनी पर्यटन समाज का अन्तराष्ट्रीय संयोजक विकास रेष्मीले भारतलगायतका स्थानमा संस्थाको लागी आवश्यक सवै प्रकियाको पहल गर्नेवताउनु हुदै पाणिनी मा अस्पताल निर्माण र संचालनार्थ कार्यमा सक्रियताजनाउदै आफु सक्रिय रुपमा जुट्ने वताउनु भएको छ ।