गणेश बेल्बासे संगम
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका-११ सिद्धारामा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गतको २ दिने व्यवसायिक च्याउ खेतीको तालिम शुरु भएको छ ।
शितगंगा नगरपालिका-११ का स्थानीयवासीहरुलाई लक्षित गरि सुरु गरिएको तालिम आज आईतबारबाट ११ नं. को वडा कार्यालयमा सुरु भएको छ ।
शितगंगा कृषि शाखा प्रमुख अनिल कुमार शर्माले सहजीकरण गरेको तालीममा सहभागी मध्येका व्यवसायीक च्याउ खेती गर्ने किसानलाई च्याउको बिउ उपलब्ध गराउने अनिल कुमार शर्माले बताउनु भयो ।
तालिममा थरी थरीका च्याउ खेती (कन्ये, गोब्रे र सिताके) सम्बन्धी प्रयोगात्मक तालिम संचालन एवं व्यवसायिक खेती किसानलाई विउ तथा प्लाष्टिक वितरण गरिने बताईएको छ ।
कार्यक्रममा स्मार्ट कृषि प्राविधिक अमृता खनाल, रोजगार शाखा प्रमुख नरमाया सुवेदी रहनु भएको थियो ।
मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम सहजकर्ता पदम केसीको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रममा वडा सदस्य इन्द्र बहादुर पल्ली, वडा सदस्य गणेश पुलामी, खयरभट्टी सामुदायिक स्वास्थ्य प्रमुख भानुभक्त बेल्बासे लगाएतको उपस्थिती रहेको थियो ।
वडा अध्यक्ष कपिल आलेको अध्यक्षतामा सुरु भएको तालिम भोली सोमबार समापन हुनेछ ।