सितापुरमा देउराली अपाङ्गता उत्थानद्वारा २ दिने क्षमता बिकास तालिमको शुभ आरम्भ
फाल्गुन ३ गते, २०७७ मा प्रकाशित
झनक के.सी
सितापुर, अर्घाखाँची फागुन ३ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा देउराली अपाङ्गता उत्थानद्वारा २ दिने क्षमता बिकास तालिमको शुभ आरम्भ भएको छ।
यो कार्यक्रमका देउराली अपाङ्गता उत्थान समाज अर्घाखाँचीको आयोजना एवम शितगङ्गा नगरपालिकाको आर्थिक सहयोगमा शितगङ्गा भित्रका अपांग ब्यक्तीहरुको लागि २ दिने क्षमता बिकाश तालिमको शुभ-आरम्भ भएको थियो।
कार्यक्रमको अध्यक्षता यसै सस्थामा अध्यक्ष समेत रहनु भएका तारापनी क्षेत्री,प्रमुख अतिथी शितगंगा नगरपालिका वाड न. २ का वार्ड सदस्य निमलाल अधिकारी,बिशिस्ट अतिथी,सरस्वती माबिका पुर्ब प्राधानाध्यापक यदु प्रसाद कास्यप,अतिथी पुर्व रास्टिय अपाङ्ग महासंघका बरिस्ठ उपाध्यक्ष देवि पोख्रल,अतिथी ५ न प्रदेशका कार्यसमितिका सदस्य दामोदर बि.सि.अतिथी नव शृजनसिल युवा क्लबका सचिब निर्मला बि.क.अतिथी शितगङ्गा नगरपालिका सहायक कम्प्युटर अपरेटर लक्ष्मी भटराई,प्राबिधिक अतिथी तुल्सि राम पौडेल,पत्रकार लगायत यसै सस्थाका कार्यसमितिका सदस्यहरुको बिचमा तालिमको उद्घाटन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी यसै वाडका सदस्य निमलाल अधिकारिले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तब्य ऋषि राम बिसिले गर्नु भएको थियो. यो कार्यक्रमले शितगङ्गा भित्र रहेका अपाङ्गताको हकहितको लागि अति जरुरी थियो ऐले त्यो सपना पूरा भएको अध्यक्ष तारापती क्षेत्रीले बताउनु भएको थियो। यस्ता कार्यक्रमले अपाङ्गता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सिकाउन सहयोग पुर्याउने छ।हाम्रो सस्था सानो छ यसलाई बिस्तार गर्न शितगङ्गा नगरपालिकाले सहयोग गरेको समेत बताउनु भएको थियो।
त्यस्तै यो दुईदिने कार्यक्रममा नगापालिकाले आर्थिक सहयोग समेत गरेको बताएका थिए। यो क्षमता बिकाश तालिममा १५ शितगङ्गा नगरपालिका भित्रका १५ जनाले तालिममा सहभागिता जनाएका छन । यो तालिम करिब १० बजे देखि ४ बजे सम्म गरिने प्रशिक्षक देबि पोख्रेलले जानकारी दिनु भएको थियो.कार्यक्रममा संचालिकाको भुमिका यसै सस्थाका तुल्सा बि.सिले गर्नु भएको थियो ।