अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली कांग्रेस अर्घाखाँचीका नेता कार्यकर्ताहरु र्याली सहित विरोधसभा पश्चात सरसफाई कार्यक्रम जुटेका छन् ।
नेपाली कांग्रेस अर्घाखाँचीले सोमबार आयोजना गरेको विरोध सभा पश्चात सन्धिखर्कको शान्ती बगैचा स्थित सभास्थल वरिपरि जम्मा भएको फोहोर जिल्ला सभापति बिष्णु खनाल मुस्कानको नेतृत्वमा कार्यकर्ताहरुले सफाई गरेका हुन् ।
कार्यक्रम सम्पन्न भइसकेपछि अन्य नेता तथा कार्यकर्ताहरु घर फर्किएपनि मुस्कान सरसफाईमा लागेका थिए । मुस्कानको नेतृत्वमा कार्यकर्ताहरुले प्लास्टिकका बोटल, खानेकुराको फोहोर उठाउदै सफा गरेका थिए ।